काठमाडौं: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीका स्वकीय सचिव चक्रप्रसाद शर्माले आफ्नो ‘भाइरल भिडियो काण्ड’ बारे मुख खोलेका छन् । भिडियो सार्वजनिक भएका बखत मोबाइल अफ गरेका उनले ३ दिनपछि ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै उक्त भिडियोमा सत्यता नभएको जिकिर गरेका छन् ।
पानीमाथिको ओभानो बन्दै उनले भारतीय अपरिचित वाट्सप कल रिसिभ गर्दा उताबाट महिलाको अश्लील भिडियो देखाइएपछि आफुले फोन काटेको बताएका छन् । त्यसपछि १ लाख माग्दै ब्याकमेल गरेको तर आफुले रकम नदिएपछि भिडियो एडिट गरेर भाइरल गरेको शर्माले बताएका छन् ।
सम्बन्धित समाचार:
सुदूरपश्चिमका गृहमन्त्रीका पीएको काण्ड भाइरल !
Facebook Comments Box