Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: निर्माण व्यवसायीबाट कुटिएका लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीविरुद्ध लालझाडीका स्थानीयले आन्दोलन गरेका छन्। निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने गरेको आरोप लगाउँदै लालझाडीका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालय पुगेर नाराबाजी गरेका हुन्। सोमबार इन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी भीमबहादुर रानाको समूहले कुटपिट गरेको थियो। मंगलबार इन्जिनियर अवस्थीले ठेकेदार रानासहित चारजनाविरुद्ध प्रहरीमा उजुरी दिएपछि बुधबार स्थानीयले उनीविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी अधिकांश निर्माण व्यवसायी रानानिकट र उनका आफन्त भएको बताइएको छ। सोमबार इन्जिनियरमाथि भएको हातपातको घटना पनि घुस मागेकै कारण उत्पन्न भएको उनीहरूको भनाइ छ। घुस माग्दा नदिएपछि इन्जिनियरले सताएका र ठेकेदार भीम राना समूहले सामान्य धकेलाधकेल मात्रै गरेको विषयमा…

Read More

दिल्ली: यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंकका लागि उडेको लुफ्थान्साको विमानलाई बुधवार दिल्लीतर्फ डाइभर्ट गरिएको छ । श्रीमान्–श्रीमतीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले विमान दिल्ली डाइभर्ट गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनाबारे दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘श्रीमान्–श्रीमतीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्‍यो ।’ विमानले शुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एअरले यसबारे अहिलेसम्म कुनै…

Read More

अछाम : लामो समयदेखि करारका कर्मचारीको विषयलाई लिएर सुरु भएको विवादले कमलबजार नगरपालिकामा फेरि तालाबन्दी भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित मेयर यज्ञप्रसाद ढकालले करारका कर्मचारीलाई हटाउन नहुने र र नेकपा एमालेबाट निर्वाचित उपमेयर शारदा विष्ट कुँवरले जसरी भएपनि हटाउनु पर्ने विषयलाई लिएर विवाद कायम रहेको छ। कार्यपालिकामा अल्पमतमा रहेका मेयर र बहुमतमा रहेकी उपमेयरबीचको विवादले नगरले अहिलेसम्म बजेट ल्याउन सकेको छैन भने नगरसभा पनि पनि हुन सकेको छैन। दुई दलको विवादका कारण जनताले दुःख पाएको भन्दै अन्य राजनीतिक दलले असोजमा नै नगरमा तालाबन्दी गरेका थिए। तत्काल विवाद समाधान गर्ने र बजेट ल्याउनेगरी विवादित पक्षले सहमति गरेपछि ताला खोलिएको थियो।…

Read More

मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन्। तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले सडक कालोपत्र गर्ने ठेक्का लिएर अझै काम सुरू नगरेपछि वडा अध्यक्षकै अनुगावाईमा सडक अवरूद्ध गरिएको हो। विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले गत कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन। उसले एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो। कम्पनी काम छोडेर बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयवासीले ढाड लगाएर बन्द गरेका छन्। पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने…

Read More

काठमाडौं : नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ। विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुनसक्ने जनाइएको छ। प्रतियोगितामा सहभागी पहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेश्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाइ १० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन आगामी मंसिर २१ गतेसम्म photo.nepalarmy.mil.np मा फोटो पठाउनुपर्ने जनाइएको छ।

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग…

Read More

धरान: धरानका विभिन्न पसलबाट ब्रान्डेड मदिरा चोर्दै हिँड्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरानमै बस्दै आएका विकास साह रहेका छन्। साहले कारमा सवार भएर धरानका फरकफरक मदिरा पसलमा मदिरा चोर्दै हिँड्ने गरेका थिए। उनले आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत र बीपी प्रतिष्ठानको डाक्टर हुँ भन्ने गरेका पाइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ। कारमा सवार हुने उनले दर्जनौं व्यवसायीलाई ठग्नुका साथै ब्रान्डेड मदिरा चोरेर हैरान पारेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। साह मंगलबार मदिरा व्यवसायीकै फन्दामा परेका हुन्। उनलाई मदिरा चोर्दाचोर्दै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएको धरानस्थित मनकामना कोल्ड स्टोरका सञ्चालक रमेश हतुवालीले बताए।…

Read More

काठमाडौं : सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ। सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरिएको हो। सरकारका प्रवक्ता रेखा शर्माका अनुसार सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ। सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन्।

Read More

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से २ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीस्थित ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत एक प्रहरी जवानको अवैध धन्दा फस्टाएको छ। ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी जवान मदन भुत्यालले असुली धन्दा गर्ने गरेको आरोप लागेको हो। स्रोतका अनुसार भुत्यालले चिसापानी क्षेत्रमा निर्माण व्यवसायी र भैंसी व्यापारीबाट अबैध असुली गर्ने गरेका छन्। केही दिन अघि मात्रै उनले एक जना भैंसी व्यापारीबाट ५ सय रूपैयाँ लिएका थिए। प्रहरी जवान भुत्यालले प्रयोग गर्ने सुपप्र ०१–००७ प ५०२८ नम्बरको बाइक पनि चोरुवा रहेको छ। ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख, प्रहरी निरीक्षक हरीराम डागीँले प्रहरी जवानका बारेमा आफूकोमा पनि कुरा आएको बताए। ‘उनको बारेमा कुरा आएको छ। मैले बुझिरहेको छु,’ उनले…

Read More