Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : श्रीलंकाका पूर्वसेना प्रमुख फिल्ड मार्शल सनथफोन्सेकाले हिन्द महासागर क्षेत्रमा चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले हिन्द महासागरक्षेत्र खासगरी श्रीलंकाली जलक्षेत्रमा चिनियाँ जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले छिमेकी मुलुक भारतको सुरक्षा चासोलाई श्रीलंकाले प्राथमिकता दिनुपर्ने उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वसेना प्रमुख फिल्डमार्शल फोन्सेकाले श्रीलंकाली जलक्षेत्रमा कुनै पनि सैनिक उपस्थिति आफ्ना लागि अस्वीकार्य रहेको समेत बताए । केही समयअघि श्रीलंकाको राजधानी कोलम्बोको बन्दरगाहमा चिनियाँ जहाजलाई रोकेर बन्दोबस्तीका सामान लोड गर्न दिइएको थियो । उनले श्रीलंकामा आगामी सेप्टेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा पनि गरिसकेका छन् ।…

Read More

धनगढी : गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको दिनलाई महिलाहरूले महत्वपूर्ण मान्दछन् । दुबोले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी भनिएको हो । पवित्र धागोबाट निर्माण गरिएको ‘दुवधागो’लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीहरूले निरहार बसेर आजकै दिन धारण गर्दछन् । दुवधागो ग्रहण गरेका महिलालाई पवित्र मानिन्छ । दुवधागो धारण गरेका महिलालाई भातभान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ । दुवधागो धारण गरेका महिलालाई गौरा पूजन गर्ने पूर्ण अधिकार रहन्छ । महिलाहरूले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र…

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रहरी सम्बन्धी ऐन गृह मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगिसकेको बताएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले नेपाल प्रहरी सम्बन्धी ऐन चाँडै सदनमा पुर्‍याउने बताए । सशस्त्र प्रहरीका कानून र प्रहरी सम्बन्धी अन्य कानून संशोधनका लागि आफुहरु अगाडि बढेको उनको भनाई छ । उनले स्थीर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताए। २०७९ सालको चुनावपछिको अवधिमा स्थीर सरकार निर्माण हुन नसक्दा हरेक दुई तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले विश्वासको मत लिन जानुपर्ने स्थिति भएको उनको भनाई…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार सो भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग पु¥याउने उल्लेख गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । उनले मौलिक परम्पराको संरक्षण गर्नुपर्नेमा समेत जोड दिएका छन् । आज विश्वभर हिन्दु धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक धूमधामका साथ यो पर्व मनाउने गर्दछन् । द्वापर…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सेवाग्राहीसँग लिएको जरिवाना फिर्ता गर्ने जनाएको छ । असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित नहुँदा अहिले यातायात व्यवस्था कार्यका ललगायतका कार्यालयमा सेवाग्राहीले जरिवाना तिर्नु परेको छ । आर्थिक ऐन ल्याएर जरिवाना फिर्ता गर्ने तयारी भइरहेको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले जानकारी दिए । सेवाग्राहीले तिरेको जरिवाना हामी फिर्ता गर्छौं उनले भने आर्थिक ऐन ल्याएर हामीले त्यस्तो व्यवस्था गर्ने तयारी गरेका छौं । राज्यमन्त्री बमले सरकारले अघिल्लो पल्ट कर संकलन गर्ने उद्देश्यले मात्रै अध्यादेश ल्याइएको बताए । ‘खर्च उठाउने भन्ने अध्यादेशमा जरिबाना सम्बन्धी कुनै विषय उल्लेख गरिएको छैन। तर सेवाग्राही मर्कामा परेको भन्ने कुरा…

Read More

काठमाडौं : नेपाल प्रहरीमा ३० वर्षे सेवाहद थमौती भएपछि सशस्त्र प्रहरी बलका अधिकारीहरु समेत सर्वोच्च अदालत पुगेका छन् । १६ भदौदेखि अवकाश पाउन लागेका डिआइजीसहितका अधिकारीले आइतबार रिट दर्ता गराएका हुन् । डीआईजीहरु अभिकुमार खत्री, दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन्। मंगलबारका लागि उनीहरुको पेशी तोकिएको छ । गत बिहीबार नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । सोही आधारमा उनीहरु जागिर लम्बिने आशमा सर्वोच्च गएका हुन् । सशस्त्रमा ३०…

Read More

धनगढी : कैलालीको अत्तरियाको एक होटलबाट यौनधन्दामा संलग्न तीन जना पक्राउ परेका छन् । अत्तरियास्थित गोकुलेश्वर होटलमा अनैतिक गतिविधि गरिरहेको अवस्थामा १ महिला र २ पुरुष पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलिले होटलमा छापा मारेको थियो । छापाको क्रममा पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै शनिबार अत्तरियाका विभिन्न होटलबाट यौनधन्दामा संलग्न ५ जना पक्राउ परेका थिए ।

Read More

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भलिबल मुख्य प्रशिक्षकमा जगदीश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेका हुन् । भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भट्ट २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । १८ वर्षदेखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका उनी प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास पाएपछि भलिबलको मुख्य प्रशिक्षकको जिम्‍मेवारी पाएका हुन् । यस्तै तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिइएको राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले बताए । उनी २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा…

Read More

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद वस्तु बम भएको बताइएको छ। धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले राति १२ बजे थाहा पाएको थियो। नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद वस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाको दुई टोली पुगेको थियो। बिहान ५ बजे पुगेको टोलीले साढे ८ बजे शंकास्पद वस्तु निष्क्रिय पारेको थियो। उक्त डिस्पोज गरिएको वस्तु बम भएको नेपाली सेनाका एक उच्च अधिकारीले बताए। तर, कैलाली प्रहरीले भने उक्त वस्तुलाई माटो भनेर भनेको छ। हाल देउवाका भतिजासमेत रहेका सुदूरपश्चिम…

Read More