Author: महेन्द्रनगर पोष्ट

पर्वत : रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ। रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई सँगै कोठामा बस्दै आएका स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले छुरा प्रहार गरेर घाइते बनाएका थिए। गत कार्तिक २९ गते सामान्य भनाभनकै क्रममा उनीमाथि छुरा प्रहार भएको थियो। आक्रमण गर्ने गुरुङलाई त्यहाँको प्रहरीले पक्राउ गरिसकेको छ।

Read More

कञ्चनपुर: कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा रहेका छन् । वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि सात लाखसम्म उनको आम्दानी हुने गरेको छ । गएको दसैँ र तिहारमा मात्रै उहाँले रु तीन लाख २८ हजारका खसीबोका बिक्री गरेका छन् । यी जातका खसीबोका…

Read More

काठमाडौं: असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक हाजिर हुन गृहले निर्देशन दिएको हो। कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका लागि तयार गरेर घरमा राखेकी छिन्। गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन्। उनले धानको उचित मूल्य पाएकी छैनन्। व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राखेकी हुन्। उनले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गरेकी छैनन्। खाद्य व्यवस्थाले राम्रो दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको उनले बताइन्। ‘नजिकमा खाद्यको खरिद केन्द्र छैन। धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ’, उनले भनिन्, ‘खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ।’ उनका अनुसार गाउँका स्थानीय व्यापारीले…

Read More

काठमाडौं : भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । बिहिबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि यस सिरिजमा कप्तानी गरिरहेका सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाएका थिए भने इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाएका थिए । यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोश इन्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ…

Read More

काठमाडौं: नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ चित्रनगर घर भएका मनोज कुँवरले आफूले कुनै महिलालाई नसताएको प्रष्टिकरण दिएका छन्। महेन्द्रनगरले यहि मसिर १ गते ‘धनगढीमा महिलालाई ‘सताउने’ मनोजको आतंक’ शिर्षकमा प्रकाशित गरेको समाचारमा खण्डन गर्दै उनले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको बताएका छन्। उनले मेलमार्फत हामीलाई प्रष्टिकरण पठाउँदै ती पीडित भनिएकी महिलाले नै आफूलाई धोका दिएर विवाहित पुरुषसँग सम्बन्ध बनाएको बताएका छन्। साथै उनले ती विवाहित पुरुष र उनकी पत्नीको बारेमा सामाजिक सञ्जालमा नानाथरी लेखिएको स्वीकार गरेका छन् । तर, ती विवाहित पुरुषकी पत्नीले सञ्चारमाध्यम प्रयोग गरेको आफ्नो बद्नाम गरेको मनोजको आरोप छ। मनोज कुँवरमाथि एक महिलालाई विभिन्न प्रलोभन देखाएर शोषण गरेको…

Read More

काठमाडौं : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु, काठमाडौंले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो ।  लिमिटेडको स्वीकृत दरबन्दीमा रिक्त रहेका सातौँदेखि सहायक प्राविधिकसम्मका पदमा आवेदन माग गरिएको छ ।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

धनगढी: नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टको सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै बिष्टसहित १५ जना एसएसपीको सरूवा गरेको हो। यसअघि बिष्ट नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज बाँके) कार्यरत मा कार्यरत थिए। त्यहाँबाट उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीमा २ एसएसपीको दरबन्दी रहेको छ।

Read More