Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएको भन्दै त्यस्तो समस्या तुरुन्त हल गर्न निर्देशन दिएका छन्। आइतबार बिहान सिंहदरवारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफल सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले धारामा पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन्। ‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो ? यसबाट उपभोक्ताहरू दिक्दार छन्,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘त्यसैले कहाँ-कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनाबद्ध रूपमा काम गर्नुस्।’ काठमाडौँ…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, वडाध्यक्ष कामेश्वर कापर, ठेकेदारहरू मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगरकार्यपालिकाको बैठकले निर्णयमा नगरेको कुरा गरेको भनी सरकारी कागज सच्याएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले बताएका छन् । त्यस्तै सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैँसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । ठेकेदारहरूले नियमित किस्ता हंसपुर नगरपालिकामा…

Read More

काठमाडौँ : सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् । संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् । हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।

Read More

बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आजदेखि बैतडीमा शुरू भएको छ। बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सम्पन्न उद्घाटन खेलमा डडेल्धुरा विजयी भएको छ। डडेल्धुराले सुखद शुरूवात गर्ने क्रममा दार्चुलामाथि २ विकेटको संघर्षपूर्ण जित निकाल्यो। जितका लागि पाएको ७९ रनको सामान्य लक्ष्य डडेलधुराले १८।२ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। जसमा विशाल ऐरले सर्वाधिक २३ रनको योगदान गरे। दार्चुलाका विरेन बम र दिनेश कार्कीले ३र३ विकेट हात पारे। यसअघि पहिला ब्याटिङ गरेको दार्चुला २१।५ ओभरमा ७८ रनमा समेटियो । उसका दिनेश कार्कीले २४ रनको योगदान गरे। डडेल्धुराका निरज ऐरले ४ विकेट हात पारे। निरज खेलका…

Read More

धनगढी : कैलालीको धनगढीमा धनगढी फुटबल लिग (डिएफएल) हुने भएको छ। लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले फागुन दोस्रो सातादेखि धनगढी फुटबल लिग (डिएफएल) २०८० को आयोजना गर्न भएको हो। प्रतियोगिता विद्यालय स्तरीय हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सुदूरपश्चिमका १६ वटा विद्यालय टिमहरूको सहभागिता रहने छ। प्रतियोगिता लिग कम नक–आउट फर्म्याटमा खेलाइने आयोजकले जनाएको छ।

Read More

बझाङ : नेपाली कांग्रेस(विपी) डडेल्धुराले बझाङका भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ । आइतबार स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०० औं जन्मदिनको उपलक्ष्यमा पार्टीले बझाङ पुगेर उक्त कपडा हस्तान्तरण गरेको हो । पार्टीले थलारा गाउँपालिकाका ६५ जना पीडितलाई न्यानो कपडा सहयोग गरेको जिल्ला सभापति भरत नेपालीले जानकारी दिए । उनका अनुसार ६५ मध्ये १५ थान पीडितलाई बाँडिएको र बाँकी ५० थान गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीलाई हस्तान्तरण गरिएको छ । गत असोजमा बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । भूकम्पबाट जिल्लाका धेरै ठाउँमा व्यक्तिगत घर तथा सार्वजनिक भवनहरू भत्किएका थिए…

Read More

बैतडी : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गरेका छन्। बैतडीमा आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनोटमा कसैले पनि दबाव र प्रभाव नराख्न आग्रह गरेका हुन्। खेलाडीहरूले देशका लागि खेल्ने भएकाले उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनोट गरिने उनले बताए। उनले भने, ‘राम्रो प्रदर्शन गर्ने खेलाडी स्वतः छनोटमा पर्छन्, छनोटका लागि सबै तहमा क्यानले समिति बनाएको छ।’ खेलाडीको हकहितका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि क्यानले काम गरिरहेको बताए। यसका साथै क्रिकेट पूर्वाधार निर्माणमा तीनै तहका सरकारले…

Read More

काठमाडौं : त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा नयाँ तथ्य फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले एउटै समूहले १३८ किलो सुन ल्याएको निष्कर्ष निकालेको हो। समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेलाई आइतबार बुझाएको प्रतिवेदनमा १३८ किलोमध्ये चन्द्रबहादुर घलेले ल्याएको १४ किलो सुन मात्र बरामद भएको उल्लेख छ। ‘मीनबहादुर घले, चन्द्रबहादुर घले र कृष्णकुमार श्रेष्ठले १३८ केजी सुन ल्याएर विमानस्थलमा सेटिङ मिलाएर बाहिर ल्याउने गरेको’ समितिको प्रतिवेदनमा जनाइएको छ। दुबईबाट सुन पठाउने काम अंकित अग्रवाल नाम गरेका व्यक्तिले गर्दै आएको र विमानस्थलमा सेटिङको जिम्मा डीबी…

Read More

डोटी : माल्कम एक्सको एउटा सुन्दर भनाइ रहेको छ, Education is the passport to the future,for tomorrow belongs to those who prepare for it today. शिक्षा भविष्यको एउटा अनुमती पत्र वा पार पत्र हो, जो आजका सचेत एवम् दूरदर्शी व्यक्तित्वहरुको यत्नप्रयत्नबाट भोलिका निमित्त आवश्यक ठानेर तयार पार्नेहरुमा निर्भर गर्दछ। संसार परिवर्तनको मूल संवाहक ठानिने शिक्षा क्षेत्रमा गर्ने लगानी भावि पुस्तामाथिको लगानी हो। दुनियाँमा परिवर्तनको सम्भावना देखिन्छ भने त्यो शिक्षाबाट मात्रै देखिन्छ त्यै भएर पनि अंग्रेजीमा एउटा भनाइ निकै चर्चित ठानिन्छ, Education is everything, Education is your power,Education is your way in life for whatever you want to do. शिक्षा सबैथोक…

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले ‘वानम्यान शो’ चलाएको भन्दै उनी प्रति उच्च तहका कर्मचारी रुष्ट भएका छन्।  थापाले विभागमा एकल निर्णय गरेको आरोप लगाउँदै उच्च तहका कर्मचारीहरु रुष्ट भएका हुन्। करिब १७ महिना म्याद बाँकी रहेका थापाले अतिरिक्त अनुसन्धान निर्देशक र डिआइजीलाई समेत विश्वासमा नलिएरै काम गरिरहेका छन्। विभागका दुई जना एआइजी टेकेन्द्र कार्की र ओम जोशी हुन्। तीमध्ये एउटालाई नाम मात्रैको प्रशासन र अर्कोलाई अपरेशन तथा सूचना संकलन विभाग प्रमुख बनाइएको छ। तर, महत्वपूर्ण सूचना विभागीय प्रमुखले नै थाहा नपाउने भएपछि विभागभित्र थापाले वानम्यान शो चलाएको आरोप लागेको हो। हालै असईहरुको बढुवा सूचीसमेत उनी आफैंले गरेका …

Read More