Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : काठमाडौँसहित देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा सोही महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । महोत्तरी, भंगाहा नगरपालिका-५ सितापुरदेखि बटेश्वर जाने बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोस्तकिन दफाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । काभ्रे, तेमाल गाउँपालिका-३ पचुवारघाटस्थित सुन कोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कैलाली, जानकी गाउँपालिका-८ पहाडीपुरस्थित कुलरिया सिँचाइको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष शुक्रबार मृत…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस,२०८० को अवसरमा धनगढीमा शनिबार आयोजित कार्यक्रममा उनले सुशासन कायम गर्न अब फरक ढङ्गले लाग्नुपर्नेमा जोड दिए। ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न समस्या सिर्जना हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने,‘प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि हामी सबैका पाइला गलत दिशामा जानु हुँदैन।’ कसैको दबाबमा नपरी सुशासन कायम गर्न निर्धक्क भएर काम गर्न अख्तियार दुरुपायोग अनुशन्धान आयोगलाई आग्रह गर्दै उहाँले ऐन, नियम, कानुनलाई अख्तियारको छाताभित्र ल्याउँदैमा भ्रस्टाचारको अन्त्य हुन नसक्ने बताए।

Read More

धनगढीः काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बस बर्दियामा दुर्घटना भएको छ। शनिबार बिहान बारबर्दिया नगरपालिका–९ मा ना ६ ख ७४४२ नम्बरको महाकाली यातायातको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बसमा २५ जना सवार रहेकोमा अन्य सकुशल रहेको प्रहरीले बताएको छ।

Read More

डडेल्धुरा : डडेल्धुरामा एक पुरुषको रूखबाट लडेर मृत्युु भएको छ। मृत्यु हुनेमा जिल्लाको आलिताल गाउँपालिका-७ डाँडी बस्ने ४० वर्षीय कर्णबहादुर साउँद रहेका छन्। साउँद आज बिहान घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएका थिए। उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्युु भएको पारिवारिक स्रोतले जनाएको छ।

Read More

धनगढी : धनगढीमा एक पत्रकार बिहीबार राति कुटिएका छन्। कामना टेलिभिजनका प्रवन्ध निर्देशक आलोकजंग साउद कुटिएका हुन्। उनी धनगढी सहिद गेटमा चोट लागेको अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ। साउदको अहिले धनगढीस्थित नवजीवन अस्पतालको आइसियुमा उपचार भैरहेको छ। उनको शरीर, मुख र टाउकोमा चोट लागेको छ। प्रहरीले कसले कुटेको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ।

Read More

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र जोड्ने  कलुवापुर-बेलौरी सडकको कालोपत्रको कार्य तीन महिनापछि मात्रै हुने भएको छ। सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत कालोपत्र भइरहेको सडकको बन्साहा जङ्गलबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण र चानदेवबाट कालागौडीसम्मको तीन किलोमिटर सडक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण कालोपत्र हुनसकेको छैन। उक्त सडकको नौ दशमलव एक किलोमिटर कालोपत्रको कार्य आगामी फागुनदेखि सञ्चालन गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले बताएका छन्। ‘मौसम प्रतिकूल हुँदा कालोपत्रको काम अगाडि बढ्न सकेको छैन’, उनले भने, ‘चिसो हट्दै गएपछि कालोपत्रको कार्य सुरु हुन्छ।’ त्यसअघि सडकमा बेस र सवबेस राख्ने कार्य सुरु हुने उनको भनाइ छ। नदीजन्य पदार्थ संकलनको कार्य बन्द हुँदा सडक निर्माणको कार्य अगाडि बढ्न नसकेको…

Read More

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन्।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलाम भिड्नेछन् । जारी लिगमा धनगढी आफ्ना तीनमध्ये २ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्दै ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। स्पोर्टिङ इलाम भने आफूले खेलेका चारमध्ये एक खेलमा जित निकाल्दै ३ अंक जोडेर सातौँ स्थानमा छ । अपराह्न ५ बजे शुरु हुने दोस्रो खेलमा एफसी बुटवल–लुम्बिनी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । बुटवल लुम्बिनी आफ्ना ४ खेलमध्ये एउटामा जित निकाल्दै ३ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ। साविक विजेता काठमाडौं रेजर्स तीनमध्ये एकमा जित र…

Read More

बैतडी : बैतडीमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका –५ बिष्टपाली घर भएकी २१ वर्षीया बिनिता बिष्ट मृत फेला परेकी हुन्। बिनिता आफ्नै घर नजिकैको बैसको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। बिष्ट गएराति रुखमा झुण्डिएकी भएपनि शनिबार बिहानमात्रै थाहा भएको प्रहरीले जनाएको छ। मृतक बिष्टका श्रीमान महेश बिष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

पोखरा: उमेर १६ वर्ष । किशोरीको पनि एउटै उमेर, एउटै कक्षा। आफ्नै साथीले नक्कली फेसबुक आइडी बनाएर नक्कली अश्लील भिडियो बनाउन थाले। बेलाबेलामा किशोरीको फोटो र भिडियो पठाएर फेसबुकमा पोस्ट गर्ने धम्की पनि दिए। पोखरा २७ बस्ने किशोरले फेक आइडीबाट गरेको हर्कतको उजुरी प्रहरीसम्म पुग्यो। प्रहरीले अनुसन्धान गर्दै गयो, अन्ततः किशोर पक्राउ परे। उनले किशोरीको तस्बिर र भिडियो उनका आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गरेका थिए। बेइज्जत गरिदिन्छु भनेपछि मानसिक यातना बढ्यो। किशोरीले परिवारलाई जानकारी गराएपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो। प्रहरीले २ थान मोबाइलसहित किशोरलाई पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन कसुर अन्तर्गत साइवर अपराध मुद्दामा उनलाई जिल्ला अदालतबाट ५ दिन…

Read More

काठमाडौं : एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी खेलमा आज समूह ‘बी’ अन्तर्गत यूएई र बंगलादेश तथा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे यूएईको दुबईमा सुरु हुनेछन्। ८ देश सहभागि प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान छन्। समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन्। समूह ‘ए’ मा रहेका टोलीले एक – खेल खेलिसकेका छन्। हिजो भएको खेलमा खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए। नेपालले भोलि अफगानिस्तानसँग र मंगलबार भारतसँग खेल्नेछ। प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

Read More