Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। डोटीको शिखर नगरपालिका–५ की ७० वर्षीया ईश्वरीदेवी ओझा गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन्। उनी  धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएकी थिइन्।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च…

Read More

कञ्चनपुर : कञ्चनपुरमा घर बनाउने क्रमममा एक मिस्त्रीको ज्यान गएको छ । आज दिउँसो बेलडाडी -३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाडि गाउँ पालिका-३ बैवाहाका मिस्त्री २८ वर्षिय सन्तोष डगौराको मृत्यु भएको हो । सन्तोष ठेक्का लिइ घर निर्माणको गरिरहेका थिए । आफैले निर्माण गरेको सिढी खस्दा घाइते भएका सन्तोषको उपचारको क्रममा धनगढीको निसर्गमा मृत्यु भएको हो । शवको पोस्टमार्टमका लागि सेतीमा लगिएको छ ।

Read More

काठमाडौं : भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। मंगलबार साँझ ८ बजेर ५० मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। यसअघि ८ बजेर ४५ मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

Read More

धनगढीः कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाटाका रंग भाटको घर र गोठमा मंगलवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घर र गोठ पूर्णरुपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको क्षती भएको छ। प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : रूसी सेनामा भर्ती भएर युक्रेन युद्धमा रसियाको तर्फबाट खटिएका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनविरूद्धको युद्धका क्रममा उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको रूसस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलामको इलाम–५ का गंगाराज मोक्तान छन्। नेपाली दूतावासले शवको यथाशीघ्र व्यवस्थापनका लागि मृतकका परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ। रूस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू रूसी सेनामा आबद्ध भएको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो। मृतकमध्ये…

Read More

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आईपुगेका छ। उनी मङ्गलवार (आज) साँझ धनगढी आई पुगेका हुन्। मङ्सिर १४ गतेबाट नेकपा एमालले बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली आज साँझ धनगढी आईपुगेका हुन। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माका अनुसार उनीहरु भोलि बैतडी जाने छन। मङ्सिर १४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन्। पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,…

Read More

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहका कर्मचारीको सरुवा फागुनसम्म स्थगित गरेको छ । लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीहरुलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भन्दै मन्त्रालयले सरुवा स्थगित गरेको हो । लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरहको पदहरूमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा) समय सुरु भएको छ । बढुवाको मुखमा खरिदार वा सो सरहको सरुवा गर्दा बढुवामा समस्या हुने देखिएपछि सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी शाखाका शाखा अधिकृत हरिशरण न्यौपानेद्धारा हस्ताक्षरित…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले छिट्टै न्याय पाउने दाबी गरेका छन् । नेता खाँणको गृहजिल्ला रुपन्देहीमा पार्टीको जिल्ला सम्मेलनमा सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खाँणले न्याय पाउनेमा आफू विश्वस्त रहेको र त्यो समय छिट्टै आउने बताए । ‘उहाँले न्याय पाउनुहुन्छ, वकिल साथीहरू लागिरहनुभएको छ, अदालतमा विचाराधीन विषयमा धेरै बोल्नु राम्रो हुँदैन’ देउवाले भने । देउवाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने बताएका छन् । विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारका सबै पक्षसँग परामर्श…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा। स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्याल मात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाले जनाएको छ । वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने बुधवार हुनेछ । पार्टी वरियतामा सभापति लामिछानेपछि अर्याल रहनेछन् भने त्यसपछि वाग्ले रहनेछन् । वरियता निर्धारण अल्फावेट अनुसार राखिने रास्वपा स्रोतको भनाइ छ ।

Read More