Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ । एनसेल खरिद बिक्रीका क्रममा विद्यमान कानुनी व्यवस्थाको छिद्र खोजेर आर्थिक चलखेल भएको तथा प्रक्रिया मिचिएका विषयमा पनि गम्भीर हुन समितिले निर्देशन दिएको छ । विद्यमान कानुनमा देखिएका अस्पष्टतालाई आवश्यक परिमार्जन र संशोधनका…

Read More

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितर-बितर पारेको थियो । पुतला दहन गर्न अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी, लोकराज जोशी लगायत १५-२० जनाको उपस्थिति रहेको थियो । काठमाडौँ जिल्ला अदालतले ‘विप्लव’ लगायतका नेताहरूलाई अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा पुतला दहन गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

Read More

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले आज यस विषयमा प्राधिकरणलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो । प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए । “आजको छलफलका क्रममा उठेका विषय र एनसेलको स्वामित्व खरिदबिक्रीका सन्दर्भमा विस्तृत अध्ययनसहित जानकारी पेश गर्न निर्देशन दिने निर्णय भएको छ”, सभापति चालिसेले भने । समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले…

Read More

धनगढी : कञ्चनपुरका राजनीतिक दलले शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड भएको घटनाको घोर भत्सर्ना गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले उक्त घटनाको भत्सर्ना गरेका हुन्। मंसिर ८ गते राप्रपाद्वारा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको शहिद पन्तको शालिकमा तोडफोड गरिएको थियो। ‘शक्ति प्रदर्शनका क्रममा राप्रपाका केही अराजक उत्शृंखल नेता कार्यकर्ताहरूले भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको महान शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड गर्ने निन्दनिय कामको घोर भत्सर्ना गर्दछौं,’ उक्त विज्ञप्तिमा भनिएको छ। साथै उनीहरूले सर्वदलिय…

Read More

धनगढी: चीनले अब राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) का कर्मचारीलाई तालिम प्रदान गर्ने भएको छ। आफ्नै देशमा बोलाएर चीनले तालिम दिने भएको हो। यस अघिदेखि नै चीनले नेपाली सेना निजामती कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्तिलाई विभिन्न तालिम दिँदै आएको थियो। तर अहिले भने हाल प्रधानमन्त्री कार्यालयमा लगिएको अनुसन्धान विभागको पनि क्षमता विकास गर्न तालिम दिने भएको हो। विभागका अनुसार चीनले आफ्नो देशमा बोलाएर अधिकृतहरुलाई तालिम दिने प्रस्ताव पठाएको छ। तत्कालका लागि १० जना अधिकृतलाई चीनका विभिन्न सहरमा छोटो समयको तालिम दिने प्रस्ताव उताबाट प्राप्त भएको बताइन्छ। अहिले सोही प्रयोजनको निम्ति नाम छनौट प्रक्रिया शुरु भएको बुझिएको छ।

Read More

काठमाडौं : बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ। बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो। यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ। जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ। बुद्धले विभिन्न चाडपर्व तथा विशेष दिनमा यसरी यात्रुहरूलाई उपहार दिने गरेको छ।

Read More

धनगढी: परराष्ट्र मन्त्री एनपी साउदका कार्यकर्ताहरु छिमेकी राष्ट्र चीनतर्फ उडेका छन्। कञ्चनपुरस्थित मन्त्री साउदका निर्वाचन क्षेत्रका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता चीनका लागि उडेका हुन्। कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेशस्थित प्रदेश क का सभापतिसहितको टोली चीनका लागि उडेको बताइएको छ।

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुखको सरुवा भएको छ। हालका हाकिम अस्मान तामाङको सरुवा भएको हो। तामाङको पोखरा सरुवा भएकोमा उनको स्थानमा सहसचिव रमेश केसी आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उनी अख्तियार सुदूरपश्चिमको हाकिम भएर आउन लागेका हुन्।

Read More

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा एक विद्यालयका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेका छन्। जिल्लाको सरावल गाउँपालिका–७ मा रहेको बर्दघाट कालिका इंग्लिस स्कुलमा अध्ययनरत एक बालिकालाई शिक्षक निरञ्जन यादवले बालिकालाई कुटपिट गरेका हुन्। कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालय नआएको भन्दै घरमै गएर कुटपिट गरेको र विद्यालय गएपछि पनि निर्घात हुने गरी शिक्षकले पिटेको बालिकाकी आमा गन्जलाले बताइन्। यादवले लठ्ठीले पिट्दा बालिकाको शरीरभर निलडाम बसेको छ। घटनापछि आक्रोशित स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडा अध्यक्ष हायात खाँ धुनियाँले बताए। शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने र कानुनी कारबाही गर्न…

Read More

महेन्द्रनगर : कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४ औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस महिनाभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिए। यसैगरी आगामी माघ महिनाको दोस्रो साता यहाँको कृष्णपुर नगरपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। ‘प्रतियोगितामा प्रत्येक पालिकामा ३० देखि ४० विद्यालय सहभागी हुनेछन्,’ उनले भने, ‘कञ्चनपुरकाट प्रदेशस्तरीय रनिङ शिल्डमा एक सय भन्दा बढी खेलाडी सहभागी हुनेछन्।’ आगामी माघको अन्तिम वा फागुनको पहिलो साता सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्ड…

Read More