Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएकको छ। हिजो(आइतबार) जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर अन्दाजी ५० वर्षीय मकरबहादुर शाहीको मृत्यु भएको हो। साँझ रुखमा चढेर घाँस काट्ने क्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

धनगढी : धनगढीमा जारी फारवेष्ट पशुपति कप, २०८० फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशले ब्वाइज युनियन लम्कीलाई १–० गोलले पराजित गरेको छ।  जितसँगै नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश, प्रतियोगिताको अन्तिम आठमा पुगेको छ। प्रहरीको जितमा एक मात्र गोल प्रदीप बोगटीले गरे। उनले खेल सुरु भएको आठौँ मिनेटमा गोल गरेका हुन् । खेलमा म्यान अफ द म्याच घोषित प्रदीपले रु पाँच हजारको पुरस्कार पाए। प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा पुनर्वास युनाइटेडले ग्रीन युथ क्लबलाई १–० गोलले पराजित गरेको छ। पुनर्वास पनि अन्तिम आठमा पुगेको छ। पुनर्वासको जितमा विदेशी खेलाडी काइटेमोन गाइडेनले पहिलो हाफको २६औँ मिनेटमा गोल गरे।  उत्कृष्ट प्रदर्शन गरेका…

Read More

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

Read More

बेदकोट (कञ्चनपुर) : महाकाली करिडोरअन्तर्गत कञ्चनपुर-डडेल्धुरा खण्डमा सडकको ‘ट्र्याक’ खोलिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सादनीसम्मको ट्र्याक खोलिएको हो । ट्र्याक खुलेसँगै ब्रह्मदेव भएर डडेल्धुराको परशुरामसम्म गाडी सञ्चालन गर्न सकिने निर्माण कम्पनी दिवा सनिदेव जेभीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए । ‘जिरो प्वाइन्टदेखि डडेल्धुरासम्मको १५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । तत्काल एकतर्फी गाडी चलाउन सकिन्छ,’ उनले भने, ‘दुईतर्फी गाडी चलाउन मिल्ने गरी फराकिलो बनाउँछौँ ।’ उनका अनुसार हाल पाँच मिटर चौडाइ रहेको सडक १० मिटर चौडाइसम्म पुर्याइनेछ । ट्र्याक खोल्ने क्रममा कटान गरिएका रुख सङ्कलन गर्ने कार्य भइरहेको उनले बताए । विसं २०७८ मा दिवा सनिदेव जेभीले…

Read More

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता तिर्न बाँकी २ ठूला उद्योगको लाइन काटेको छ । प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको विद्युत लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी छ । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटा उद्योगले बक्यौता तिरेका थिएनन् । जसमध्ये जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन गत शुक्रबार काटिएको थियो । बाँकी ५२ वटा उद्योगको पनि बक्यौता नतिरे लाइन काट्ने तयारी रहेको प्राधिकरणले जनाएको छ ।

Read More

धनगढीः चार सय हेक्टर वन क्षेत्रमा फैलिएको गुफा, तलाउ र मन्दिर रहेको बैतडीको सुर्नया गाउँपालिका–२ बासुलिंगमा रहेको पाताल भूमेश्वर प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ। सो क्षेत्रमा अवस्थित नेपालकै गहिरो पाताल भूमेश्वर गुफा समेत ओझेलमा परेको छ । पाताल भूमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा छन्। दशरथचन्द राजमार्गको सतबाँझ–पाटन सडकखण्डमा पर्ने उच्च भूभागमा रहेका पाताल भूमेश्वरको प्राकृतिक सुन्दरता, नेपालकै गहिरो गुफा, तलाउ र शिव मन्दिरका लागि प्रसिद्ध मानिन्छ। बैतडी सदरमुकामबाट १८ किलोमिटर पूर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पाताल भूमेश्वर पुगिन्छ। पाताल भूमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरु रहेका छन् भने…

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे छलफल अघि बढाएका छन् । आइतबार लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजना मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीलगायतको टोलीले काठमाडौंमा संघीय सांसद एवं उद्योगपति विनोद चौधरीसँग छलफल छलफल गरेका छन् । मुख्ममन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरे । उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । सांसद चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएपनि सरकारकै कारण पछाडि पारिएको बताए । उनले लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी प्रष्ट दृष्टिकोण र नीति ल्याउन सरकारलाई आग्रह…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाका दुई होटेलमा अनैतिकता क्रियाकलाप भइरहेको फेला पारेको छ । धनगढीको वडा प्रहरी कार्यालयले आज(आइतबार) धनगढी-७ मनेहरामा रहेको ब्ल्याक स्टोन कटेज र धनगढी-३ मिलनचोकमा रहेको होटेल रारामा छापा हान्दा यौन धन्दा भइरहेको पाइएको हो । प्रहरीले कटेजका सञ्चालक २९ वर्षीय हर्क विष्टसहित अर्का एक पुरुष र २ महिलालाई समातेको छ । त्यस्तै रारा होटेलबाट अनैतिकता क्रियाकलापमा संलग्न तीन महिलालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बताइएको छ ।

Read More

धनगढीः सुदूरपश्चिमस्थित गौरीफन्टा नाकाबाट भित्रिएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो र आज (आइतबार) भारतको बैङ्लोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको हो। नाकास्थित स्रोतका अनुसार लम्की र बेलडाँडीका नागरिकमा कोरोना देखिएको हो। यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियोे।

Read More

काठमाडौँ : नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको समीक्षा र समस्या औँल्याएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर यात्राको ३२ बुँदे निष्कर्ष निकालेका हुन् । जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको उल्लेख गर्दै ओलीले भने, ‘सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा छन् । निश्चय नै, जनताका गुनासा पनि छन्, सुझावहरू पनि छन् । कतिपय सन्दर्भमा आलोचना पनि छन् । रचनात्मक र सही गुनासा, सुझाव र आलोचनाहरूलाई ग्रहण गर्दै हामी सङ्कल्प गर्दछौँ-हामी लोकतान्त्रिक गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिने छौँ ।’ अध्यक्ष ओलीले परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्य युगतिर फर्काउन…

Read More