Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीमा आगलागीबाट विभिन्न सामान जलेर नष्ट भएको छ। बुधबार धनगढी उपमहानगरपालिका–१ शिवनगरस्थित मोहनराज भट्टको ३ तले पक्की घरको बिच तलामा बिजुलीको लाइन सट भएर आगलागी भएको हो। आगलागी हुँदा कोठामा रहेका अन्नपात, भाडावर्तन, लुगाकपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर: पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ। राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ। ट्रान्सफर्मरका तारमा यात्रु, घरपालुवा जनावर वा सवारी साधनले छोए करेन्ट लागेर दुर्घटना हुने सम्भावना छ। राजमार्ग चौडा गर्ने क्रममा माटो भर्दा खम्बामा राखिएको ट्रान्सफर्मर जमिनमै छुने अवस्थामा पुग्दा पनि सम्बन्धित निकायले सुरक्षाका लागि चासो नदेखाएको स्थानीयवासी गणेशबहादुर ऐरले बताए। ‘पटक–पटक जनप्रतिनिधि र सम्बन्धित निकायको ध्यानाकृष्ट गर्दा पनि खम्बा व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छैन’ उनले भने, ‘ट्रान्सफर्मरका नाङ्गो तारमा छोएमा जुनसुकै बेला पनि अप्रिय घटना हुनसक्छ।’ पूर्वनगर प्रमुख दिलबहादुर…

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दाको सुनुवाई आज हुँदैछ । आज उच्च अदालत पाटनमा हुने सुनुवाईमा एकल इजलासले मुद्दाको किनारा लगाउनेछ । आजको पेसीमा गोलाप्रथाबाट न्यायाधीश छानिनेछन् । तेस्रो न्यायाधीशको रायले खाँण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा खाँणलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने विषयमा मत बाझिए पछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो । उक्त इजलासले ४ जनालाई साधारण तारेख, ६ जनालाई धरौटीमा छाड्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस  सूची प्रकाशित गरेको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको कार्यालयको बुधबारको निर्णयअनुसार ५१३ जना असईलाई सईका लागि बढुवा सिफारिस गरिएको हो । सूचीः cn_3024_asi_to_si_janapad_20800827Download

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

दार्चुला : दार्चुला  सदरमुकाम खलंगा स्थित  महाकाली नगरपालिक- ४ मा रहेकोे महेन्द्र नमूना माध्यमिक विद्यालयमा विद्यार्थीलाई मोबाइल (फोन) प्रयोगमा प्रतिबन्ध लगाएको छ। बुधबार देखि मोबाइल (फोन) प्रयोग गर्न प्रतिबन्द गरेको विद्यालयले जनाएको हो। विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीहरुले मोबाइल फोनको दुरुपयोग गरेर नकारात्मक क्रियाकलाप गर्न थालेपछि प्रतिबन्ध गरेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए। विद्यार्थी पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोनको प्रयोग बढ्न थालेपछि विद्यालय समयभित्र मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइएको उनको भनाइ छ। विद्यालयले योभन्दा पहिले पनि मोबाइल फोनमा प्रतिबन्द गरे थियो।कोरोना महामारीका कारण खुला गरिएको फोन अहिले पुनः प्रतिबन्द गरिएको हो। विद्यालयमा मोबाइल फोन प्रतिबन्द…

Read More

काठमाडौं : सरकारले चार दर्जन नर्सको बढुवा गरेको छ । स्वास्थ्य सेवा विभागले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले तोकेका आधार र प्रक्रिया पुगेका ४९ जना नर्सको स्तरवृद्धि गरेको हो। छ जना नर्सलाई छैठौंबाट सातौं र ४३ जनालाई पाँचौंबाट छैठौं तहमा बढुवा गरिएको विभागले जनाएको छ। छैठौंबाट सातौंमा स्तरवृद्धि हुनेमा बिन्दु कँडेल, सुनिता खत्री थापा, सुशिला तिमिल्सिना, राजेश्वरी समाल, बेली लम्साल पौडेल र विष्णु पन्थी खनाल छन्। त्यस्तै, शारदा मल्ल, सुनकेसा बुढा, गीताकुमारी चौधरी, रामेश्वरी रावल, विजयालक्ष्मी उपाध्याय, विमला राना, सञ्जु ज्ञवाली, लक्ष्मी गुरुङ्ग, शर्मिला खनाल, लक्ष्मी खड्का ओली, प्रभा अधिकारी, मानकुमारी खड्का, अनिता चौधरी, सोनमकुमारी सिंहलगायतको पाँचौं तहबाट छैठौंमा…

Read More

बझाङः ६ किलो भन्दा बढी लागूऔषध चरेससहित बझाङमा दुई जना पक्राउ परेका छन्। बुधबार दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन्।  उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले बताए। मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा : डडेल्धुराका एक सरकारी कार्यालयका हाकिमले डडेल्धुरामा काम गर्न नसक्ने भन्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका छन्। डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले डडेल्धुरामा काम गर्न नसक्ने भन्दै सरुवा गरिदिन मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका हुन्। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार डीएफओ तिवारीले केही दिन अघि मात्रै मन्त्रालयमा निवेदन दिएका हुन्। उनी अहिले काठमाडौंमा छन्। विकासे बजेटमा अत्यधिक कमिसन माग गरेपछि उनले कर्मचारीलाई कार्यक्रम र बजेट बाँडफाँड गर्न नसकेको वन कार्यालय स्रोतको भनाइ छ। स्रोतका अनुसार उनले व्यक्तिगत स्वार्थ पूर्ति नभएपछि घाटगद्दिमा रहेको काठलाई दुईपटक छुट पुर्जी दिएका छन्। जुन गलत हो। ‘परशुराम नगरपालिका-६ स्थित सिद्धनाथ मावि …

Read More

धनगढी : कैलालीमा घरको छतबाट खसेर राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक(असई) गम्भीर घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोल बस्ने अनुसन्धान सहायक रबिन्द्र(रमेश) भट्ट मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका हुन्। घरको छतबाट लडेर घाइते भएका भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए। बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको छ। उनको उपचार जारी छ। भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए।

Read More