कैलाली : सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो(बुधबार) कैलालीको गौरीफन्टा नाकाबाट स्वेदश फर्किएका पाँच जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।
बुधवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाका भएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन् ।
सुदूरपश्चिमका विभिन्न नाकाबाट नेपाल भित्रिएका ५३२ जनामध्ये १८६ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको केन्द्रले जनाएको छ ।
नेपालमा पनि कोरोनाको नयाँ भेरियन्टका बिरामी फेला परेकाले सीमा नाकाहरुमा उच्च सतर्कता अपनाइएको छ।
Facebook Comments Box