Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : यसअघिको लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका पदाधिकारीलाई समय अगावै खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्याधिवक्ता नहकुल सुवेदीको एकल इजलासले मङ्गलवार उक्त आदेश जारी गरेको हो । लुम्बिनी प्रदेश सरकारले गत कार्तिक १ गते अस्पताल विकास समिति खारेज गर्ने निर्णयसँगै अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० पारित गरेको थियो । यसैगरी सोही नियमावली अनुसार प्रदेशका १३ वटा अस्पतालहरूमा नयाँ अध्यक्ष नियुक्ति गरेको थियो । सरकारले नयाँ नियमावली अनुसार कार्तिक २३ गते लुम्बिनी प्रदेश सरकार मातहतका अस्पताल विकास समितिका अध्यक्षहरूको नियुक्ति गरेको थियो…

Read More

धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो। दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका छन। घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं : नेपाली सेनाका तीनतारे जर्नेल सीताराम खड्का आजबाट बिदामा बसेका छन् । उनी अवकाशपूर्व अनिवार्य बिदामा बसेको बताइन्छ । खड्का बिदामा बसेपछि वरिष्ठताको आधारमा अशोक सिग्देललाई कार्यभार हस्तान्तरण गरिएको छ । सिग्देल रथी हुने लाइनमा छन् । उनको पनि उमेर बिबाद निस्किरहेकै छ । आगामी भदौमा प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि उक्त पदका लागि अशोकको लाइन क्लियर हुँदै गएको बताइन्छ ।

Read More

काठमाडौँ : रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको सूचना अधिकारीगोविन्दप्रसाद कोइरालाले जानकारी दिए । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको अदालतले जनाएको छ । २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । अरू १२ जना घाइते भएका थिए । घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा,…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त जयबहादुर चन्दकी छोरीले बबण्डर मच्चाएकी छन्। बालुवाटारमा रहेको एक आफन्तको घरमा आयुक्त चन्दकी छोरीसहितको समूहले बाउको धम्की दिँदै बबण्डर मच्चाएको हो। आइतबार साँझ बालुवाटारमा रहेको आफ्नो घरमा सुप्रभा चन्दसहितको समूह गएर बबण्डर मच्चाउँदै तोडफोड गरेको पीडित मनिषा बास्कोटाले बताइन्। नाताले छोरीकी जेठानी पर्ने सुप्रभा चन्दसहितको समूह आफूहरु घरमा नभएको समयमा प्रवेश गरी तोडफोड गरेको उनको भनाइ छ। उनकाअनुसार सुप्रभा अख्तियारका आयुक्त जयबहादुर चन्दकी छोरी हुन्। बुवा अख्तियारको आयुक्त भएको धम्की र पावर देखाउँदै आफूहरुको घरमा आएर तोडफोड गरिएको उनको दाबी छ। प्रहरीले पक्राउ गर्न खोज्दासमेत सुप्रभाले आयुक्तकी छोरी हुँ भन्दै धम्की दिएपछि प्रहरी…

Read More

काठमाडौं : अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा म्युजिक भिडिओ छायांकनका क्रममा खिचिएको कलाकार प्रकाश सपुत र जुना विश्वकर्माको भिडिओ भाइरल छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको इनारमाथि नाचेको भन्दै उनीहरूको चर्को आलोचना भएको हो । छायांकनका क्रममा खिचिएको सो भिडिओ क्लिप चार महिनाअघिको हो । ‘कमाउने नि हो, रमाउने नि हो’ बोलको म्युजिक भिडिओका लागि उक्त दृश्य खिचिएको थियो । त्यही क्रममा छायांकन हेर्न आएकामध्ये कुनै दर्शकले भिडिओ खिचेका थिए । विश्वसम्पदा सूचीमा सूचीकृत भएको वसन्तपुर दरबारमा ररेको सो इनार कुमारी (जीवित देवी)ले खानेपानीका लागि प्रयोग गर्ने र त्यसरी इनारमाथि चढ्दा नेवाः सम्प्रदाय र संस्कृतिमाथि प्रहार…

Read More

काठमाडौँ : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन्। राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका ५ जनालाई पक्राउ गरी जेल चलान गरेको हो।सोमबार प्रहरीले तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको थियो। उनीहरूलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर अदालतमार्फत कारागार चलान भएका हुन्। विशेष अदालतले ०७९ चैत ८ गते गरेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना तोकेको छ। मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन…

Read More

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् । नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ । यही सन्दर्भमा एनसेल शेयर खरिद–बिक्रीपछि उब्जिएका मूलभूत प्रश्नलाई राससले केलाएको छ । १. नियामकलाई किन जानकारी भएन ? एनसेलको शेयर खरिद–बिक्री हुँदा सम्बन्धित क्षेत्रका नियामक निकायलाई जानकारी भएको देखिँदैन…

Read More

काठमाडौँ : अलपत्र विकास आयोजना सरोकार सङ्घर्ष समिति, पूर्वी अछामले समृद्धिको अभियान अवरुद्ध पारिएको भन्दै विभिन्न १२ बुँदे माग अघि सारेको छ। सङ्घर्ष समितिले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै पूर्वी अछाममा विकास निर्माणका कार्यक्रम सुचारु गर्न माग गरेको हो । समितिले अघि सारेका मागहरूमा जंगलघाट कर्णाली पुल यथाशिघ्र यहि आर्थिक बर्षबाट निर्माण सुरु गरिनुपर्ने, सञ्चय कोषले तयारी गरेको ४३९ मेगावाटको वेतन कर्णाली सरकारी लगानीमै यथाशीघ्र अगाडि बढाईनुपर्ने, दुई पटक टेण्डर आह्वान भइसकेको टुनिवगर पक्की पुल र टेण्डर प्रकृयामा रहेको तल्लो डुङ्गेश्वर पक्की पुल सकेसम्म एउटै प्याकेजमा टेण्डर दिई यही आर्थिक बर्षबाट निर्माण थालनी गरिनुपर्ने, झण्डै डेढ दशकदेखि अलपत्र परेको ९…

Read More

बैतडी : बैतडीमा एक जना युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा रहेका छन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरको कोठामा झुण्डीएको  अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी  प्रवक्ता खेम बिक्रम केसीले जानकारी दिए। घटनाको कारण खुल्न सकेको छैन्। प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता केसीले बताए।

Read More