Author: महेन्द्रनगर पोष्ट

धनगढीः बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा खर्रा स्थित साँफे–मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको अन टेस्ट ट्राली नजोडेको ट्याक्टर रोडबाट अन्दाजी १०० मिटर तल खसेर शुक्रवार साँझ दुर्घटना भएको हो। दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४२ वर्षीय बिरसिंह चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले बताएको हो। घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाजुरा प्रहरीले जनाएको छ।

Read More

कैलाली: कैलालीमा मोटरसाइकल र हाइस एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। हिजो(शुक्रबार) बेलुकी गौरीगंगा नगरपालिका– ६ बनबेहडामा पुर्ववाट पश्चिम दिँशातर्फ आइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ज १५४० नम्बरको हाइस र विपरीत दिँशाबाट आइरहेको सुदुरपश्चिम प्रदेश ०१–०१०प १३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी नगरपालिका–८ का अन्दाजी ३० वर्षीय टेकेन्द्र शाही गम्भिर घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। हाइस र सहचालकलाई नियन्त्रणमा लिएको छ। चालक भने फरार रहेको जिल्ला पैहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।

Read More

सुदूरपश्चिम: एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्। एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ।  स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदै गएको बताए। उनले भने, ‘औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ।’ सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी…

Read More

काठमाडौँ :  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको सरूवा भएको छ । प्रजिअ कटेलको ठाउँमा अब धर्मेन्द्रकुमार मिश्र आउँने भएका छन् । गृह मन्त्रालयले शुक्रवार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।

Read More

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको अनुसन्धानका लागि भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग मागेको छ । फ्लाई दुबईको उडानमार्फत आएका रसुवाका चन्द्र घलेलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले २१ मंसिरमा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा थप चार जना पक्राउ परेका छन् । उनीहरूको प्राविधिक पक्षको विश्लेषणका लागि भन्सार कार्यालयले सीआईबीको सहयोग मागेको हो । सीआईबीबाट प्राविधिक सहयोगका लागि केही अधिकृतहरूलाई खटाइएको बताइएको छ । यसअघि विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन प्रकरणको अनुसन्धान सीआईबीले गरेको थियो । भन्सारले सुन प्रकरणको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वमा समिति…

Read More

काठमाडौँ : पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाएको हो । निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य…

Read More

काठमाडौँ : दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुकोको सरुवा तथा पदस्थापन गरेको हो । मन्त्रालयले पाल्पा, कपिलवस्तु, सुर्खेत, भोजपुर, उदयपुर, मोरङ, पर्सा, रौतहट, गोरखा, कैलाली, नवलपरासी(पश्चिम), बैतडी, बर्दिया, सल्यान, सिन्धुली र स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दै रिक्त जिल्लाहरुमा पनि सरुवा तथा पदस्थापन गरेको छ । हेर्नुहोस् सूची CDO_PlacementTransfer_ListDownload

Read More

काठमाडौं : आमरण अनशन बस्न गेटा मेडिकल कलेज, धनगढी पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलाई संघर्ष समितिले अवरोध गरेको छ । अनशनमा बस्न धनगढी पुगेका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका हुन् । अवरोधपछि अनसन बस्न गएका केसी अनसन नबसेरै फर्किएका छन्। डाक्टर केसीलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेपछि केसी अनसन नबसेरै फर्किका हुन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीनदिन अनशनमा बस्ने घोषणा गरेका थिए । डा। केसीले गेटामा…

Read More

धनगढीः सशस्त्र प्रहरी बलद्वारा भारतसँग सीमा जोडिएको कञ्चनपुर र कैलालीमा सीमास्तम्भहरुको मर्मत गर्ने काम भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले भारतसँग जोडिएका सीमास्तम्भको मर्मत गर्दै आएको हो। नेपाल–भारत कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार सीमापिलरदेखि मर्मत गर्ने काम सुरु भएको हो। सुदूरपश्चिम प्रदेश वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक *(डिआइजी) कुमार न्यौपानेले सरकारले दिएको जिम्मेवारीअनुरूप कञ्चनपुर र कैलालीका सीमास्तम्भको एकसाथ मर्मत गर्ने काम भइरहेको बताए। सन २०१४ देखि यता निर्माण भएका सीमास्तम्भको मर्मत, रंगरोगन एवं पुनर्निर्माण गर्ने काम भइरहेको उनले बताए। सीमास्तम्भको निर्माण मर्मतसम्भार र पुनरस्थापनासम्बन्धी मापदण्ड २०८० अनुरूप नेपालका तर्फबाट बिजोर सीमापिलर पुनर्निर्माण गर्ने काम भइरहेको…

Read More