Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि उनको पसललाई १० हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ । यसअघि एक पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो । ए एण्ड बि वेभरेज इण्ड्रिस्टिजलाई महानगरले १ लाख रुपैयाँ जरिवाना गराएको थियो । किरा भएको बोतल प्याक गरेको पाइएकाले त्यसमा ध्यान दिन…

Read More

काठमाडौँ: उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘मङ्सिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’ अदालतले उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २५ गते बोलाएको छ । उक्त छलफलपछि…

Read More

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा संलग्न ठेकेदार भीमसेन राना रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट ईन्जिनियर अवस्थी कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार राना ५ हजार धरौटी सहित बिहीबार रिहा भएका भएका हुन् । अन्य दुई जना नरेश राना र जगदिश राना साधारण तारेखमा रिहा भएका छन । ठेकेदार सहित तीनै जनाले ईन्जिनियर अवस्थीसंग लिखित माफि समेत मागेका छन । लालझाडी गाँउपालिका २ कञ्ज बजारमा निर्माण भईरहेको सडक स्तरोन्नती योजनामा ११ मंसिरमा भएको निर्माण व्यवसायीका पक्षबाट ईन्जिनियर अवस्थीमाथि दुव्र्यवहार हातपातका विषयमा सार्वजनिक रुपमा माफि मागेका थिए । ईन्जिनियर अवस्थी र ठेकेदार रानाविच बुधबार…

Read More

लमजुङ: लमजुङमा खानेपानी संस्थाका कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सुन्दरबजार नगरपालिका–२, पुर्काङ भिया बस्ने परेवाडाँडा खानेपानी संस्थामा कार्यरत ५५ वर्षीय प्रेमबहादुर भुजेल मृत भेटिएका हुन् । हिजो साँझ समुदायको धारामा पानी छाड्न गएका उनको शव आज आफ्नो घर नजिकै बाटो छेउमा फेला परेको हो । प्रहरीका अनुसार ढुङ्गाको कच्ची पर्खालबाट लडेको अवस्था देखिएको छ । तर त्यसबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउद र मन्त्रालयका कर्मचारीबीच विवाद बढ्दै गएको छ । मन्त्री साउद र मन्त्रालयका कर्मचारीबीच विवाद बढ्दै जाँदा मन्त्रालयका नियमित कामकाजदेखि दूरगामी महत्वका काम ठप्प बन्न पुगेको छ । विवादकै कारण सामाजिक विकास मन्त्रालय मातहत रहेका ९ वटै सामाजिक विकास कार्यालय, प्रादेशिक आयुर्वेद चिकित्सालयसँगै अस्पतालहरुमा प्रदेश सरकारले बनाएको कर्मचारीहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अझै मन्त्रालयले पास गरेको छैन । मन्त्रालय स्रोतकाअनुसार उक्त अस्थायी दरबन्दी संरचनामा थप आर्थिक दायित्व सिर्जना हुने दरबन्दी संरचना थप नगर्ने र पूरानो दरबन्दी संरचना नै पास हुनुपर्नेमा कर्मचारीको जोड छ । तर, सामाजिक विकास मन्त्री झपट साउँद…

Read More

काठमाडौं : एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको स्प्रेक्ट युके लिमिटेडका शेयरधनी शतिसलाल आचार्यले ४० करोड अमेरिकी डलर तिर्ने प्रतिबद्धतासहित शेयर खरिद गरेको बताएका छन्। बुधबार एनसेलले निकालेको विज्ञप्तिमा आचार्यले प्रतिस्पर्धाको आधारमा ८० प्रतिशत स्वामित्व ४० करोड अमेरिकी डलरमा खरिद गर्ने गरी सम्झौता भएको उल्लेख छ। उनी नेपाली मुलका लगानीकर्ता हुन्। एनसेलले निकालेको विज्ञप्तिमा आचार्यले भनेका छन्, ‘शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो। सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ। यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड…

Read More

त्रिशूली : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् । नुवाकोट जिल्ला अदालतको आज नयाँ भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाबाट प्रवाह हुने सेवालाई समयसापेक्ष अनुरूपको परिवर्तन र आधुनिक प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई तदारुकता दिइएको बताए । “आफू प्रधानन्यायाधीश भएको तीन महिनामा अदालतको आन्तरिक र बाह्य कार्य वातावरण अनुकूल बनेको छ”, उनले भने, “न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता देखिएको छ ।” नयाँ दर्ताको तुलनामा मुद्दाको फर्छ्यौट धेरै हुनु, दुई वर्ष नाघेका मुद्दा शून्यमा ल्याउने प्रयास जारी रहनु, सर्वोच्च अदालतमा पेशी तोक्ने कार्यलाई स्वचालित बनाउनुलाई न्यायलयमा सुधारका रूपमा लिन सकिने प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ । “न्यायालयमा…

Read More

काठमाडौँ : जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ । सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागले जनाएको छ ।विभागका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालहरूमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरेको पाइएको छ । दर्ता भएका केही औषधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरू बाहिर रहेको…

Read More

काठमाडौँ : सभामुख देवराज घिमिरेले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधअन्तरगत भौतिक क्षति नगरी अनेरास्ववियुले आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्। बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने गरी बाहिर आएको बताए । सभामुख घिमिरेले संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए। उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए। अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ।

Read More

काठमाडौँ : राष्ट्रिय सूचना आयोगले सर्वसाधारण नागरिकले सूचना माग गर्दा सूचना उपलब्ध नगराउने ४ वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । वार्षिक प्रतिवेदनमा बारेमा जानकारी दिन बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगकी प्रवक्ता एवं सूचना आयुक्त कमला ओली थापाले सो जानकारी दिएकी हुन् । सूचनाको हकसम्बन्धी ऐन बमोजिम सजाय गरिएको र विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको आयोगकी प्रवक्ता थापाले बताईन् । त्यस्तै, विभिन्न मन्त्रालय तथा विभागको अनुगमन गर्दा १० वटा सार्वजनिक निकायले सूचना अधिकारीको विवरण सार्वजनिक गरेको नपाइएकोले सार्वजनिक गर्न आदेश दिएको प्रवक्ता थापाले जानकारी दिइन् । आयोगले बिहीबार नै वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जनाएको…

Read More