Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित भएका छन। लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरेको हो। विश्वविद्यालयले लेखकसहित स्वदेश तथा विदेशमा समाजका विभिन्न ओहदामा रही विशिष्ट योगदान पुर्‍याएका ७ पूर्वविद्यार्थीहरुलाई विश्वविद्यालयको १०३ औ स्थापना दिवसको उपलक्ष्यमा सम्मान गरेको हो। लेखकले सन् १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गर्नुभएको थियो।

Read More

काठमाडौंः नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले विरगञ्ज युनाईटेड एफसीलाई हराएको छ। आईतवार दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्जमाथि २–१ को जित निकालेको हो। दुवै टिम प्रतियोगिताको पहिलो खेलमा मैदान उत्रिएका थिए, जसमा धनगढीले सुखद सुरुवात गर्यो। खेलको दोस्रो मिनेटमा फोडे फोफानाको गोलमा धनगढीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बिरगञ्ज खेलमा फर्किएको थियो। बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा गोल निकाल्दै धनगढीले जित निकाल्न सफल रह्यो। अहमद हिजाजीले खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई शानदार जित दिलाए। साविक उपविजेता धनगढीले जितसहित दोस्रो सिजनको सुरुवात गरेको छ। धनगढीले तालिकामा ३ अंक जोेडेको छ। एनएसएलको नवप्रवेशी टिम विरगञ्जले…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार  सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौँ – नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुङ्गा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका-४ तोक्मेडाँडा बसपार्क नजिकै ढुङ्गा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुङ्गा प्रहार गरेको ताप्लेजुङ प्रहरीले जनाएको छ । ढुङ्गा लागेर भट्टराई चढेको गाडीको अगाडिको सिसा फुटेको छ ।

Read More

मोरङ : मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई पढाउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पढाइमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँले पढाउन थालेको अध्यक्ष गोविन्द भण्डारी बताए। अध्यक्ष भण्डारी यही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानाध्यापकसमेत थिए । शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती पनि बेलबारी-३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिइन् । उनले पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमानसँगै वैदेशिक रोजगारीमा गएकी छन् । लामो समय…

Read More

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अल्पसङ्ख्यक समुदाय तोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । अब रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये तीनजना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट रिक्त हुन लागेको भन्दै आयोगले मन्त्रालयलाई अल्पसङ्ख्यक समुदाय तोक्न पत्रचार गरेको हो । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमा २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागेकोमा तीनजना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यको कार्यकाल पनि सकिन लागेको भन्दै आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसबाट गण्डकी प्रदेशबाट निर्वाचित प्रकाश पन्थ, नेकपा…

Read More

काठमाडौं : सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले प्राविधिक तर्फको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको छ । सशस्त्र प्रहरी कार्यालयका अनुसार प्राविधिक समूह स्वास्थ्यतर्फ एसएसपीका लागि डा. अभिषेक स्वार र डा. संबृद्धि बस्नेतलाई बढुवाका लागि सिफारिस गरेको छ । त्यस्तै प्राविधिककै सञ्चार तथा इन्जिनिरिङतर्फको एसपीका लागि ई। सञ्जयकुमार मुलको नाम सिफारिस गरेको छ । सो सिफारिसविरुद्ध चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने समेत सशस्त्रले जनाएको छ ।

Read More

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आइतबार राति अष्टेलिया जाने भएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल अस्ट्रेलिया जान लागेको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजना अन्तर्गत अध्ययन भ्रमण हुन लागेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए । युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबिच समझदारी भई सङ्घीय संसद् र प्रदेशसभाहरूमा संसद् सहयोग परियोजना सञ्चालित छ । परियोजनाको सन् २०२३ का लागि स्वीकृत कार्यक्रम अन्तर्गत सङ्घीय संसद्का लागि छुट्याइएको कार्यक्रममध्ये ‘सपोर्ट फेडेरल पार्लियामेन्ट टु शेयर नलेज…

Read More

बझाङः छबिस पाथिभेरा गाउँपालिका-७ खोरि गाउँ भन्दा माथि नौरा भन्दा तल जीप दुर्घटना भएको छ । भाँडेबजारबाट बुडखोरी आउन लागेको सु.प.प्र ०१००१ज १२६६ नम्बरको जीप नौरा नजिकै दुर्घटना भएको हो । जीपमा सवार यात्रु सकुशल रहेका छन् । चलाकलाई सामान्य चोट लागेको छ । उक्त जीप सोही ठाउँमा केहिदिन अगाडि पनि दुर्घटना भएको थियो ।

Read More

कञ्चनपुर : शहीद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा समातिएका पूर्वपञ्चहरुको पार्टी राप्रपाका १८ जना नेता-कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ । महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो । शुक्रबार गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै महेन्द्रनगरमा रापप्राका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । त्यसक्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । उक्त तोडफोडमा संलग्न १८ जना राप्रपाका कार्यकर्ता भएको प्रहरीको भनाइ छ ।

Read More