Author: महेन्द्रनगर पोष्ट

अछाम : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन्। अछामको विनायकमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताए। आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको उनको भनाइ थियो। तर अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको उनले बताए। ‘०७९ जेठ १७ गते विनोद शाहजस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु। अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा…

Read More

काठमाडौं : अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो। सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ। कूल तीन सय ३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब आठ करोड बराबर छ। अधिकांश पालिकाको बक्यौता २०७४ साल पछिको हो। प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनःसंरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको महसुल बक्यौता सरकारसँगको हिसाबमा मिलान गर्ने उल्लेख थियो। प्राधिकरणका कार्यकारी…

Read More

कञ्चनपुर : कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि ल्याइएका लाखौँ मूल्यका मेसिन (उपकरण) प्रयोगविहीन अवस्थामा रहेका छन्। उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा मेसिन प्रयोगविहीन अवस्थमा रहेका हुन्। स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्‍याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन्। “स्वास्थ्य चौकीमा नगरपालिकाका तर्फबाट चिकित्सकको व्यवस्था हुँदासम्म केही मेसिन सञ्चालनमा ल्याइएका थिए”, स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भने, “हाल चिकित्सक नहुँदा मेसिन सञ्चालन हुन सकेका छैनन्।” स्वास्थ्य चौकीमा उपलब्ध मेसिन सञ्चालन गर्न दक्ष प्राविधिको आवश्यकता पर्ने भए पनि दरबन्दी नहुँदा समस्या भएको उनले बताए। भट्टका अनुसार मेसिन सञ्चालन गर्न दुई…

Read More

काठमाडौं : राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन्। उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन्। शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फकर्नेछन्।

Read More

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बेतकोट नगरपालिका-६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेका छन्। शनिबार राति भीमदत्त नगरपालिका-११ होल्डिङ सेन्टर नजिकबाट १ ग्राम ८३ मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१० सिसैया का २३ वर्षीय आकाश ठगुन्नालाई समेत प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ। बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो। आगो तत्काल निभाइएको थियो। एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थल स्रोतले बताएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Read More

महेन्द्रनगर : राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए। “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ”, उनले भने, “अबको दुई/तीन महिनामा काम पूरा हुन्छ।” आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब रु दुई अर्बको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ। “कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्”, उनले भने, “त्यसका लागि…

Read More

झापा : गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ। उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन्। दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो। सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन्। घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन्। यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो। ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ। तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए। सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स…

Read More

काठमाडौं : स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

दोलखा :  सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर दोलखाको तामाकोसी गाउँपालिका– २ झुलेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ। ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए। उनको उपचारका क्रममा पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा आइतबार मृत्यु भएको हो। उनीसँगै शनिबार साँझ सिकार खेल्न गएका ६ जनालाई प्रहरीले भरूवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More