Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टको सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै बिष्टसहित १५ जना एसएसपीको सरूवा गरेको हो। यसअघि बिष्ट नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज बाँके) कार्यरत मा कार्यरत थिए। त्यहाँबाट उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीमा २ एसएसपीको दरबन्दी रहेको छ।

Read More

काठमाडौँ : सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो । त्यस्ता जङ्गली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पु–याउने अवस्था भएमा त्यस्तो खेत, खला, बारीका धनीले विभिन्न शर्तको अधीनमा रही बिना अनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने छन् । यस्ता छन् सर्तहरू (क) जङ्गली…

Read More

धनगढी: गृह मन्त्रालयले एसएसपीहरुको सरुवा गरेको छ। आज बिहीवार उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा काज गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमा एसएसपी दिलिपसिंह देउवालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा पठाइएको छ। उनी त्यहाँको प्रमुखको रुपमा पठाइएका हुन्। यसअघिका त्यहाँका प्रमुख योगबहादुर पाल विवादमा तानिएर उनले राजीनामा दिएपछि देउवा आएका हुन्।

Read More

धनगढी: गत कार्तिक १९ मा शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भयो। प्रहरीले नारुदेविको हत्या शुक्लाफाँटा नगरपालिका–७ कै महेश डगौराले गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ। घर नजिकैको कार्तिक गत कार्तिक १९ मै सामुदायिक वनमा नारुदेवी घाँस काट्न गएकी थिइन्। बिहान घाँस काट्न गएकी नारु अबेरसम्म घर नफर्किएको इलाका प्रहरी कार्यालय झलारीमा सूचना प्राप्त भयो। जोशी उक्त दिन भेटिईनन्। जोशीको खोजतलासका लागि पुन : २० गते प्रहरी टोली खटियो र सामुदायिक वनमा शव फेला परेको थियो। उक्त दिन प्रहरीले शसङ्कित व्यक्तिहरुलाइ पक्राउ समेत गर्यो। नारुदेवीको हत्या गरेकै दिन महेश डगौराले दुई सय ५० रुपैयाँका लागि एक भारतीय…

Read More

कास्की : जिल्ला अदालत कास्कीले जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । वडा सदस्य मैया नेपालीले आफूलाई जातीय विभेद र छुवाछुत गरेको भन्दै अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार उक्त फैसला गरेको हो । नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको हो । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म…

Read More

काठमाडौं : नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरूवा गरेको हो। सूचीसहित:

Read More

काठमाडौँ : भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ ।

Read More

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो । २०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो । घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरू रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक प्रेम…

Read More

गुल्मी : सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको मृत्यु भएको छ। मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका ३ वर्षीय आयुष ठकुरीको सुन्तलाको केस्रा घाँटीमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार मालिका छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन्। बिहीबार दिउँसो घरको छतमा बसेर आमासँगै सुन्तला खाइरहेका आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको प्रहरीले जनाएको छ। घाँटीमा सुन्तलाको केस्रा अड्किएपछि श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि गुल्मी अस्पतालमा लगिएकोमा दिउँसो साढे २ बजेतिर मृत्यु…

Read More

काठमाडौँ : सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ। मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर स्वागत गरेको हो। कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ। सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ। बुधबार इजरायल र हमासबीच युद्ध विरामको सहमति भएको थियो।

Read More