Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडिओहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ। नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ। कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडिओ अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो। नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली…

Read More

बैतडी : बैतडीका शक्तिपीठमा जात्राको रौनक छाएको छ। जात्राकै लागि यहाँका चारवटा स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ । स्थानीय शक्तिपीठमा जात्रा रहेकाले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका र दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो। पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा लागेको जात्राका अवसरमा सार्वजनिक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्थालगायत बन्द रहने छन् । महारुद्र जात्रामा स्थानीयको सहभागिता रहने र यो क्षेत्रको मुख्य धार्मिकस्थल भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ । यस्तै शिवनाथ गाउँपालिकामा पनि आज सार्वजनिक बिदा दिइएको छ । प्रसिद्ध शिवनाथधामको जात्राका अवसरमा सोमबार र मंगलबार दुई दिन सार्वजनिक बिदा दिइएको…

Read More

काठमाडौं : माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्। जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए।

Read More

काठमाडौँ : बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ। भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए। नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पूरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उनको भनाइ छ। उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगन्ज र लहान) मा राखिने छ। पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ। सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ।

Read More

धनगढीः सेती प्रादेशिक अस्पतालको चमेना गृहसहितका तीन वटा होटलबाट बासी खानेकुरा बरामद गरिएको छ। धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सोमवार अनुगमनका क्रममा अस्पताल परिसरको चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरिएको जनाएको छ। उपमहानगरपालिकाका अनुसार सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसल, भूमिराज होटेल र डडेल्धुरा होटेलमा अखाद्य बस्तु बरामद गरेको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले बताए। अस्पताल परिसरको चमेना गृह अर्थात् खाना तथा नास्ता पसलबाट बिग्रिएको मस्म ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरिएको…

Read More

काठमाडौं : बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छिन्। सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्साना पनि परेकी हुन्। बीबीसीले सोमबार सूची जारी गर्दै रुक्सानाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ। उनले हुर्कंदै गर्दा आफ्नो पहिचानका बारेमा कसैबाट पनि जानकारी नपाएको बीबीसीको परिचयमा उल्लेख छ। एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्साना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन्। उनी हाउजिङ क्याम्पेनर अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको…

Read More

काठमाडौं : फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे शुरू हुनेछ। नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन्। चारै खेलमानेपाल जितविहीन छ। समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन्। अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन्। यसअघि भएको खेलमा नेपालले यूएईसँग ४–० गोलको फराकिलो हार बेहोरेको थियो भने बहराइनले यमनमाथि २–० गोलको जित हात पारेको थियो। यसैबीच, नेपाल र यमनबीचको खेल हेरेर फर्किने दर्शकका लागि एन्फाले निःशुल्क बसको व्यवस्था गर्ने भएको…

Read More

जाजरकोट: चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो। भेरी-२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए। चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ। गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो। उक्त…

Read More

धनगढी: धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ। सिकलसेल एनिमिया निदानको लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) सेवा अस्पतालले निःशुल्क गरेको हो। आजदेखि सर्वसाधारणले यो सेवा उपभोग गर्न पाउने अस्पतालले सूचना जारी गरेर जनाएको छ। थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाका बिरामीले परीक्षण र उपचार सेती प्रादेशिक अस्पतालमा गराउँदै आएका छन्। अस्पतालले सिकलसेल जाँच गरेबापत यस अघिसम्म केही शुल्क लिँदै आएको थियो। अब जाँच सेवा निःशुल्क भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।

Read More

काठमाडौं : टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ। टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। उनकाअनुसार ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार हुने भनिएको थियो। सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको थियो।

Read More