Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपाल प्रहरीका ३ सय ६४ जना नवनियुक्त प्रहरी सहायक निरीक्षक (असई) हरुको पदस्थापन भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार जनपद प्रहरी समूह अन्तर्गतको प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएका ३६४ जनाको पदस्थापन गरिएको हो। प्रचलित नियमअनुसार तलब भत्ता र रासन समेत पाउने गरी उनीहरुको पदस्थापन गरिएको हो। Download

Read More

धनगढीः त्रिनगर–गौरीफन्टा नाकामा ठाउँठाउँमा चेकिङ हुँदा सास्ती भएको गुनासो आउन थालेको छ। भारतको महाराष्ट्रबाट आएका डोटी सिलगढीका तीर्थ पञ्जेडाले ठाउँठाउँमा भइरहेको चेकजाँचले सास्ती दिइरहेको बताए। उनले पाँच सय मिटरको त्रिनगर भन्सार क्षेत्रमा सातपटक जाँचमा परेको बताए । ‘बारम्बार झोलीझिम्टा खोलेर देखाउँदा सास्ती भइरहेको छ,’ उनले भने, ‘एकपटक नेपाल र एकपटक भारतीय पक्षबाट कडाईका साथ जाँच गरिए हामीलाई निकै सहज हुने थियो ।’ भारतको पुनाबाट फर्किरहेका डडेल्धुरा बगरकोटका भोजबहादुर ठकुराठीको गुनासो पनि पञ्जेडाको जस्तै थियो । ‘ठाउँठाउँमा भइरहेको जाँचले नाका पार गर्नै हामीलाई एक घण्टा समय लागिरहेको छ,’ उनले भने, ‘ठाउँठाउँमा झोलीझिम्टा खोल्न लगाइएको छ । चाडपर्वको समयमा आवागमनमा सहजता होला…

Read More

काठमाडौं: नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ। प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ। साथै अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा केन्द्रीय प्रहरी परिचालन कक्षको नम्बर ९८५१२८५६३५ वा प्रहरीको कन्ट्रोलको १०० नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको…

Read More

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–८ लौसाबाट सोही ठाउँ बस्ने ३० वर्षीया रिता कठरियाको घर कोठामा खाँनतलासी गर्दा ४ सय ३० मिलिग्राम लागूऔषधसहित बरामद भएको थियो। उनलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो। यस्तै गौरीगंगा नगरपालिका–१० बस्ने २८ वर्षीय इन्द्र कठायत र गौरीगंगा नगरपालिका–८ बस्ने ३२ वर्षीय हेम चौधरी पनि पक्राउ परेका हुन्। तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौं: सरकारले बाढीपहिरो प्रभावित ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार कोसी प्रदेश पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी गाउँपालिका र सुनकोसी गाउँपालिका, उदयपुरको वेकला नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। साथै, वाग्मती प्रदेशअन्तर्गत धादिङको बोीघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेसी नगरपालिका र गजुरी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका, शैलुङ गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका,…

Read More

धनगढीः जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले अपराधमा कमी ल्याउने गरी काम गर्ने बताएका छन्। भर्खरै सरुवा भएर आएका डिएसपी श्रेष्ठले शुक्रबार जिल्लास्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन्। ‘यहाँ रहँदा अपराधका घटनामा कमी ल्याउने गरी काम गर्नेछु। लागुऔषध तथा साइबर सुरक्षाका बारेमा जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिन्छौँ,’ उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छु।’ यसका साथै उनले जुवातास र लागुऔषध नियन्त्रणमा पनि प्रहरी सक्रिय भएर लाग्ने बताए। प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठले चाडपर्वका लागि जिल्लामा साढे तीन सय बढी प्रहरी परिचालन गरिएको जानकारी दिए ।‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा…

Read More

कञ्चनपुर: कञ्चनपुरमा मरेको वयस्क हात्ती फेला परेको छ। शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा मरेको हात्ती फेला परेको हो। निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरका अनुसार निकुञ्ज र नेपाली सेनाको गस्ती टोलीले दिउँसो १ः३० बजे हात्ती चौरमा मरेर ढलेको अवस्थामा फेला पारेको हो। ‘सुरूमा हेर्दा हात्ती गर्भवती भएको आशङ्का थियो। बच्चा जन्माउन नसकेर मरेको हो कि भन्ने लागेको थियो तर, पशु चिकित्सकहरूले हात्ती गर्भिणी नभएको बताएका छन्, मृत्यु कारण रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने। उनले चोरी सिकारीका कारण हात्ती मारिएको कुनै तथ्य फेला नपरेको बताए। ‘बस्ती भन्दा ४५ किलोमिटर टाँड हात्ती मरेको भेटिएको छ। शरीरमा पनि…

Read More

काठमाडौँ: बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको…

Read More

धनगढी: कैलालीमा जुवाखालबाट १० जना समातिएका छन्। हिजो (शुक्रबार) जिल्लाको जानकी गाउपालिका वडा नं २ बढरियास्थित धन बहादुर थारुको घरबाट उनीहरू समातिएका हुन्। उनीहरूलाई जुवातास खेलिरहेका भन्ने सूचनाको आधारमा ३ जोर ताससहित नगद रु. २१ हजार ७०५ रुपैयाँसहित समातिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए। यी हुन् जुवाडे १.जिल्ला कैलाली जानकी गा.पा. वडा न. २ बढरिया बस्ने वर्ष५४ को जगत साउद।२.ऐ.ऐ.बस्ने वर्ष ६१ को टेक बहादुर हमाल।३.ऐ.ऐ. बस्ने वर्ष ४६ को टेक बहादुर चौधरी।४.ऐ.ऐ.बस्ने वर्ष५९ को रमेस दमाइ।५.ऐ.ऐ. बस्ने वर्ष३५ को यज्ञ चौधरी।६.ऐऐ बस्ने वर्ष ५२ को छबिलाल…

Read More

काठमाडाैं: चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय १६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ। जसमध्ये ६६  वटा स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरी बल, नेपालले जानकारी दिएकाे छ। दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्र प्रहरी बल, नेपालले बताएकाे छ। चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अबैध गतिविधि,…

Read More