कञ्चनपुर : माहाकाली सिँचाइ द्वितीय चरणअन्तर्गत शिवनगर मेन नहर फुट्दा कञ्चनपुरका कृषकलाई सिँचाइ गर्न समस्या भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका-५ भुर्सा विद्यालय नजिक र वडा नम्बर ३ वनपूर्वमा नहर फुट्दा कृषकलाई समस्या भएको हो। नहर फुट्दा पानी सप्लाई बन्द भएको महाकाली सिँचाइ जल उपभोक्ता समितिका केन्द्रीय अध्यक्ष भीमबहादुर थापाले बताए। जिल्लाको बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका किसानहरु गहुँ ,लाहीलगाएतका अन्नबाली र तरकारीमा सिँचाइ गर्न समस्या भएपछि दुखि छन्। नहर फुट्दा बेलडाँडीका झिलमिला बैवाह र बैलाैरीका भुडा, सडकघाट, शिवनगरका किसान समस्यामा छन्। ‘चार दिन भयो , दुई ठाउँ नहर फुटेको’ अध्यक्ष थापाले भने, ´मर्मत गर्न समितिसँग बजेट, साधन छैन्। भएको जेसीबी…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । सुदुरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन् । त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन् भने कविता जोशीले २६ रन बनाइन् । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन् । कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक/एक…
धनुषा : मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन्। विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन्। निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए। बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए। धर्नामा पासवान पनि बसेका थिए। निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी)…
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेकाे छ । आज चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
काठमाडौं : संविधान बमोजिम सङ्घले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले सङ्घीय सरकारलाई दबाब दिने भएका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदै छन् भने भेलाले सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ। यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए। तर त्यतिका समय बितिसक्दा पनि सङ्घीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै मुख्यमन्त्रीहरूले फेरि मोर्चाबन्दी कस्न लागेका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकारसँग अधिकार माग्न अझै थप दबाब दिनुपर्ने अवस्था देखिएपछि बैठक बस्न लागेको…
कञ्चनपुर : आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् । भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुजा नपाएको दशकौँ वितिसक्यो । जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ । स्थानीय तहको निर्वाचनमा बडुवाल टोलबाट वडा सदस्य पदमा निर्वाचन जितेकी दोधारा चाँदनी –३ का महिला वडासदस्य लक्ष्मी रानाले सीमाको पहरेदारीमा बसेका बडुवाल टोलमा साढे तीन सय परिवारमा बीस प्रतिशतले मात्रै जग्गाधनी…
काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । बुधवार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ । आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यस्तै बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस गरेका थिए । बादी पक्षको बहस सकिएपछि बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए । सापकोटाले आज पनि बहसलाई…
धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। भजनी नगरपालिका–३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलीग्राम खैरो हेरोइनसहित कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन्। मोटरसाइकलको टुल बक्सभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला पारी मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाडाँबाट २२० मिलीग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ गजरौलाका २६ वर्षीय राजेश लुहार बुधबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लुहारलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
अछाम : अछाममा आगोमा जलेर घाइते भएका पुरुषको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुँवरको आगोमा जलेर मृत्यु भएको हो। मृगी रोगबाट पीडित कुँवर घरभित्र भान्साकोठाको आगोमा जलेर घाइते भएका थिए। उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
बैतडी : बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। मेलौली नगरपालिका –२ का अन्दाजी ३५ बर्षीय रामबहादुर चन्दलाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको हो। चन्दलाई बुधबार साँझको समयमा गाउँमै पसेको बँदेलको बथानले आक्रमण गरेको बताइएको छ। स्यालढुंगा भन्ने गाउँमा जंगली बँदेलको बथान आएको र चन्दको बँदेलको आक्रमणबाट घाइते भएका स्थानीयहरुले बताएका छन्। बँदेलको आक्रमणबाट घाइते भएका चन्दको खुट्टामा गहिरो घाउ छ भने शरीरका अन्य भागमा समेत चोट रहेको छ। घाइते चन्दको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।