Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आन्तरिक राजस्व विभागले कात्तिक महिनामा ३० अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।दसैं र तिहारले गर्दा १४ दिन सार्वजनिक बिदा भएको कात्तिक महिनामा विभागले गत वर्षभन्दा १ अर्ब ५२ करोड रुपैयाँ बढी राजस्व उठाएको हो । बैंक वित्तीय संस्थाले बढाएको ब्याजदरले ब्याज आम्दानीमा वृद्धि हुँदा सरकारको राजस्व बढेको हो । ब्याज कर शीर्षकमा ५ अर्ब ९३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ६ अर्ब ४५ करोड रुपैयाँ संकलन भएपछि कात्तिक महिनामा गत वर्षभन्दा बढी राजस्व संकलन हुन सकेको हो । गत वर्ष कात्तिकमा विभागले २९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । कात्तिकमा गत…

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापाको बिर्तामोड जाने भएका छन् । पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न उनी त्यता जान लागेका हुन् । ज्ञानेन्द्रले सो दिन दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम छ । इकम कलेजले गत वर्षदेखि नयाँ भवनबाट पठनपाठन सञ्चालन गरिरहेको छ । कलेजमा रहेको शालिक अनावरण पूर्वराजा ज्ञानेन्द्रको हातबाट गर्न व्यवस्थापनले निकै कसरत गरिरहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि मेचीनगरबाट र्याली निकाल्ने तयारी गरेको छ ।

Read More

काठमाडौँ: तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । आयुर्वेदिक औषधि बनाउँदा यस क्षेत्रका विज्ञसँग पनि सल्लाह लिइने पनि उनले बताए । आयुर्वेदिक चिकित्सकको परामर्शमा गुर्जोलगायत ६० प्रकारका जडिबुटीबाट बनाइने औषधि निःशुल्क वितरण गरिने पनि राष्ट्रिय महिला आयोगको सचिवसमेत रहेका अभियानकर्मी राजलवटले जानकारी दिए । पाँच हजार किलोग्राम निःशुल्क प्राप्त फूलको व्यवस्थापनमा स्वयंसेवकहरु शोभिता भट्टराई, कलावती भट्टराई, योग गुरु…

Read More

कञ्चनपुर : कञ्चनपुर प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादीलाई तीन दशकपछि पक्राउ गरेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो । सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए । सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।

Read More

काठमाडौं : अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई…

Read More

बर्दिया : बर्दियाको गुलरिया नगरपालिका-५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो । कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसइबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरीको शव एक सातापछि फेला परेको छ। उनको शव आज टीकापुरको दौलतपुर घाटमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा कात्तिक २५ गते बेपत्ता भएका थिए । साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।

Read More

काठमाडौँ : माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । २२ कात्तिकमा बानेश्वरमा बर्तौलामाथि खुकुरीप प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान छन् । माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो । प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि साङ्घातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । घटना भएको दिन शेरबहादुरले पछाडिबाट खुकुरी…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका रमेश भण्डारीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ। धनगढी-३ घर भएका भण्डारी चोरी मुद्दा दर्ता भएर सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) हुन्। दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो। तिहारको बिदामा उनी धनगढी पुगेका थिए। उनले कार्तिक २६ गते राति अस्पतालबाट ल्यापटप चोरेको बताइएको छ। चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो। उनको पहाड घर…

Read More

बैतडी : बैतडीमा एक युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाकाे दोगडाकेदार गाउँपालिका-४ मल्लीओढार बस्ने अन्दाजी २२/२३ वर्षीय तर्कराम महर रहेका छन्। उनी बिहान १० बजेतिर मृत फेला परेका हुन् । घरबाट करीब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा महर फेला परेका हुन् । मृतक महरका भाइ कृष्णराम महरले झुण्डिएको अवस्थामा दाजुलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए। तर, घरमा पुर्याउँदा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

Read More