Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छिन्। सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्साना पनि परेकी हुन्। बीबीसीले सोमबार सूची जारी गर्दै रुक्सानाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ। उनले हुर्कंदै गर्दा आफ्नो पहिचानका बारेमा कसैबाट पनि जानकारी नपाएको बीबीसीको परिचयमा उल्लेख छ। एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्साना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन्। उनी हाउजिङ क्याम्पेनर अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको…

Read More

काठमाडौं : फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे शुरू हुनेछ। नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन्। चारै खेलमानेपाल जितविहीन छ। समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन्। अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन्। यसअघि भएको खेलमा नेपालले यूएईसँग ४–० गोलको फराकिलो हार बेहोरेको थियो भने बहराइनले यमनमाथि २–० गोलको जित हात पारेको थियो। यसैबीच, नेपाल र यमनबीचको खेल हेरेर फर्किने दर्शकका लागि एन्फाले निःशुल्क बसको व्यवस्था गर्ने भएको…

Read More

जाजरकोट: चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो। भेरी-२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए। चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ। गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो। उक्त…

Read More

धनगढी: धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ। सिकलसेल एनिमिया निदानको लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) सेवा अस्पतालले निःशुल्क गरेको हो। आजदेखि सर्वसाधारणले यो सेवा उपभोग गर्न पाउने अस्पतालले सूचना जारी गरेर जनाएको छ। थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाका बिरामीले परीक्षण र उपचार सेती प्रादेशिक अस्पतालमा गराउँदै आएका छन्। अस्पतालले सिकलसेल जाँच गरेबापत यस अघिसम्म केही शुल्क लिँदै आएको थियो। अब जाँच सेवा निःशुल्क भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।

Read More

काठमाडौं : टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ। टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। उनकाअनुसार ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार हुने भनिएको थियो। सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको थियो।

Read More

धनगढी : राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहा, कैलालीका अध्यक्ष नहकुल बममाथि खुकुरी ‘छप्काउन’ खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा समीर शाही, विज्ञान शाही र सागर शाह रहेका छन्। तीन जनालाई समातिएको र अन्य ११ जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर कान्तिराज जोशीले बताए। उनकाअनुसार अन्यको खोजी जारी रहेको छ भने पक्राउ परेका तीन जनाबिरुद्ध थप अनुसन्धानका लागि अदालतबाट आज म्याद थप गरिएको छ। कार्तिक १८ गते राति जिल्लाको लम्कीचुहा नगरपालिकास्थित वडा नम्बर १ मा बममाथि हतियार प्रहार भएको थियो। ठेक्कापट्टा गर्ने चिसापानीका युवा उमेशजंग शाहीको समूहले योजनाबद्ध आक्रमण् गरेको बमको भनाइ छ। उनले…

Read More

धनगढीः धनगढीको नगर प्रहरीले दुई तरकारी व्यापारीलाई नियन्त्रणमा लिएको छ। कृषक कार्ड नबनाएर वडा नम्बर-१ स्थित त्रिनगर कृषि हाट बजारमा तरकारी बेच्न लागेका साहिल खान र शाहरुख खानलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो। गेटमा चेक गर्दा कृषक कार्ड नभएको र हाटबजारभित्र जबरजस्ती गएको नगर प्रहरीले बताएको छ। कार्ड माग्दा गालीगलौज गरि आफ्नो तरकारी आफै फालेर नगर प्रहरीसँग झगडा गर्न आएकाले नियन्त्रणमा लिएको बताइएको छ। वास्तविक किसानहरुले आफूले उत्पादन गरेका उपजहरु बिक्रि बितरण गर्न नपाएकाले उपभोक्तालाई विक्रि गर्नसहज होस् भनेर उपमहानगरपालिकाले किसानहरूलाई कृषक कार्ड बनाउन भनेको छ।

Read More

झापा : नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई मृत फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका–५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर फर्किएका थिए। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

Read More

पोखरा : पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ । उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

Read More

दाङ: दाङको तुलसीपुरमा एउटा कोठामा दाजुभाइ मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरू कोठा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ। मृतक पूर्णबहादुरकी श्रीमती माइत रुकुमबाट फर्केपछि शवको पोस्टमार्टम गर्ने प्रहरीको तयारी छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। मृतक दाजुभाइ रोजगारीका सिलसिलामा भारत आउजाउ गर्ने गरेको स्थानीयले बताएका छन्।

Read More