Author: महेन्द्रनगर पोष्ट

बझाङ: बझाङमा अटो रिक्सा दुर्घटना भएको छ। आतबार बिहान भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुपप्र०१००१ ह ५२३१ नम्बरको अटो दुर्घटनामा परेको हो। खप्तडछान्ना ७ गडारायका चन्द्रजंग चौहानले चलाएको अटो एक्कासी सडकको नालीमा पल्टिदा अटोमा सवार तीन जना जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय कृतिकल्याण जोशीसँगै उनका छोरी प्रेरणा जोशी र छोरा प्रशान्त जोशी घाइते भएका छन्। घाइते तीनै जनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन्। यसअघि दुर्गाथली गाउँपालिका २ मौरीबगरबाट भाँगडा बजारतर्फ जाँदै गरेको अटो रिक्सा पिपलढुस्की भन्ने ठाउँमा अटो दुर्घटना हुँदा ८ जना घाइते…

Read More

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन्। ०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका रोकायको अमिनमा नाम निस्केको हो। तर, उनले जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खटिने बताएका छन्।

Read More

धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका–५ जाई बस्ने एक जना र डोटीका एक गरेर दुई जनालाई २ ग्राम ६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जाँइका ३० वर्षीय लालबिर चौधरी र डोटीको दिपायल सिलगढी नगरपालिका–४ का २४ वर्षीय प्रदिप धोवी रहेको प्रहरीले जनाएको छ। चौधरीलाई धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट १ ग्रामसहित र धोवीलाई धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट १ ग्राम ६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

दार्चुला: नेपाल र भारत सरकारको सहयोगमा प्राप्त भएको जिल्लाको दुहुँ गाउँपालिका वडा ३ मा रहेको जनविकास मावि बारबाजको बस जिल्ला सदरमुकाम खलंगामा थन्किएको छ। दार्चुला तिंकर सडकखण्ड तथा जौशाी गाउँ बारबाज सडक खण्डको स्तरोउन्नती हुन नसक्दा बस जिल्ला सदरमुकाम खलंगामा थन्किएको हो। दार्चुला तिंकर सडक खण्ड लगायत जोशीगाउँ बारबाज सडक खण्ड स्तरोउन्नती नहुदाँ बस सेवा संञ्चालनमा ल्याउन समस्या भएको विद्यालयका प्रधानाध्यापक शान्ती बोहराले जानकारी दिए। भारतीय राजदुतावासले बारबाज विद्यालयलाई २०७८ सालमा बस हस्तान्तरण गरेको थियो। विद्यालयलाई बस हस्तान्तरण गरिएको लामो समयसम्म समेत बस सेवा सञ्चालन नुहदाँ समस्या भएको छ। भारत सरकारले भारतीय स्वतन्त्रता दिवसको अवसरमा उपहार स्वरूप उक्त बस प्रदान…

Read More

काठमाडौं : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले तराई केन्द्रित छठ पछिल्लो समय राजधानीसँगै अन्य…

Read More

काठमाडौं: आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरू हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलम भेट पक्का गरेका थिए। जारी विश्वकपको लिग चरणमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो। यसपालि उच्च लयमा देखिएको भारतले अहिलेसम्म अपराजित छ। अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ। भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बनेको छ।

Read More

वीरगञ्ज : प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको  राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो । गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने लुम्बिनी प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Read More

क्यानडा : नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एन्ड मिडिया फेस्टिभलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित शनिवार उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । निर्देशक गणेश पाण्डेको को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरूमा अवार्डहरू जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ ।…

Read More

झापा : झापाको कमल गाउँपालिका– ६ स्थायी घर भइ पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् । कमल ६ का वडाध्यक्ष भट्टराईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफैं आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही कसूरमा कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भोलिपल्ट पक्राउ गरेको थियो। कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए । कार्कीलाई श्रीमती, ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न लगाएको आफन्तले आरोप…

Read More