Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन। गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ। मुकामको नै टुङ्गो लगाउन नसक्ने पालिकाका जनप्रतिनिधिले अरू विकासका काम कसरी गर्न सक्लान् र भनेर स्थानीयले चर्को आलोचना गरेका छन्। गाउँको सिंहदरबार कहाँ स्थापना गरेर सेवा दिने भन्ने सङ्घीयता लागु भएको सात वर्षसम्म पनि टुङ्गो नलाग्दा भागेश्वर गाउँपालिकावासीमा अन्योल रहेको स्थानीयको गुनासो छ। तत्कालीन तीन वटा गाउँ विकास समिति बगरकोट, भागेश्वर र रुपाललाई गाभेर भागेश्वर गाउँपालिका स्थापना गरिएको थियो। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि भागेश्वर गाउँपालिका–४ मा परेको बगरकोटलाई नै अस्थायी मुकाम बनाई हालसम्म…

Read More

काठमाडौं : निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन्। उनलाई सर्वोच्च अदालतको गेटबाट प्रहरीले पक्राउ गरेको हो। रावलले आफ्ना पति गिरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन्। सो मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चको गेटमा प्रदर्शन गर्न पुगेकी थिइन्। सर्वाच्चको गेटमा प्रदर्शन गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेकाे हो। महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

उदयपुर : ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

डडेल्धुराः डोटीको जोरायल गाउँपालिका–१ स्थित तिलाचौडका कृषक खडक मल्लले सात वर्ष अगाडि ६० ओटा कागतीका बोटा लगाए। त्यति बेलमा नेपालगन्जस्थित सपना स्मृति एग्रो नर्सरीले दुई वर्षमा फल्ने भन्दै कागतीका बोटाहरू बिक्रि गरिरहेको थियो। दुई वर्षमै फल्ने भएपछि कागतीबाट मनग्य आमदानी गर्न सकिने भन्दै मल्लले प्रति बोट तीन सय ५० का दरले करिब ६० ओटा बिरुवा खरिद गरी रोपे। उक्त एग्रोमा डडेल्धुराको आलिताल गाउँपालिका–१ कटौजथला बस्ने निर्मला कडाल कार्यरत थिइन्। उनले पनि दुई वर्षमै फल्ने बताएपछि कागती रोपेका मल्लका कागतीका बोट सात वर्षपछि फले। त्यहीँ पनि ज्यामिर भएर। कागती भनेर लगाएको बोट ज्यामिर जातको फल फलेपछि मल्लले बल्ल आफू ठगिएको थाह…

Read More

डोटी : डोटीमा जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्। बँदेलले आक्रमणमा परी घाइते हुनेमा जिल्लाको केआईसिंह गाउँपालिका– १ का ३५ वर्षीया जगुलीदेवी भूल र ७२ वर्षीया भगी भुल रहेका छन्। उनीहरुलाई मङ्गलवार (आज) बिहान करिब ९ बजेतिर घर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए। घाइते जगुलीको टाउको र दुवै खुट्टा तथा भगीको टाउकोमा चोट लागेको र उपचारको लागि सुजङ्ग अस्पताल राजपुर ल्याइएको विष्टले बताए।

Read More

काठमाडौं : सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ। गत मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो। त्यसका लागि गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने सफाइ पेश गर्न सूचना जारी गरेको छ। सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ।

Read More

कञ्चनपुर : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन्। कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए। “साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ”, उनले भने, “यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ । पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए। करिडोर अनुगमन गर्दै परशुरामधाम पुगेका…

Read More

काठमाडौं: नेपाल प्रहरीको सेवा अवधि हटाउन अनेकन चलखेल थालिएका छन्। तत्कालै प्रहरीको ३० वर्षे सेवा अवधि हटाउँने गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितले तयारी थालेका हुन्। संसद् नचलेको अवस्थामा अध्यादेशमार्फत (सर्टकट) सेवा अवधि हटाएर प्रहरी ऐन जारी गर्न खोजिएको हो। जसका लागि संघीय प्रहरी विधेयकको मस्यौदाको खाका कोर्ने भइरहेको बताइएको छ। यस अगाडि गृह प्रशासन सुधार समिति भनेर अध्यक्ष पूर्वमुख्यसचिव लीलामणि पौड्याल, सदस्य पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्याल र पूर्वएआईजी बमबहादुर भण्डारीसहितको एक टोली निर्माण गरिएको थियो। सोही टोली यतिखेर मस्यौदा निर्माणमा क्रियाशील छ। टोलीले आईजीपी वसन्तबहादुर कुँवरसँग छलफल गरिसकेको बताइन्छ। स्रोतका अनुसार गृहले ऐन बनाउन संसदीय प्रक्रिया झन्झट हुने हुँदा अध्यादेश…

Read More

काठमाडौं : भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो। त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ। स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा खटाइएको हो। केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन।

Read More