Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

Read More

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरवार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन्। सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकेका थिए। त्यस्तै दुवै पक्षलाई छुट्टाछुट्टै स्थानमा कार्यक्रम गर्न ठाउँ तोकिएको छ। युवा सङ्घले तीनकुनेमा र दुर्गा प्रसाईँले बल्खुमा कार्यक्रम गर्ने भएका छन्। तर जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा मंगलबार प्रमुख…

Read More

काठमाडौ : उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी Best police of the month घोषित भएका छन् । कात्तिक महिनाको लागि उपत्यका अपराध अनुसन्धाान कार्यालयले सबैभन्दा राम्रो काम गरेको भन्दै पन्थीलाई सर्वोत्कृष्ट घोषणा गर्दै Best police of the month को उपाधीबाट सम्मानित गरेको हो । उक्त कार्यालयले उपत्यकाका तीन जिल्लामा घटित अपराधको अनुसन्धान एवं अपराध रोकथाममा आफ्नो भूमिका निर्बाह गर्दै आएको छ । कार्यालयले डिएसपी पन्थीलाई कार्यालयको पिलर ८ को जिम्मेवारी दिएको छ । उक्त पिलरले वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान एवं कारबाही गर्ने गर्दछ । पन्थीको नेतृत्वमा पछिल्लोपटक भिजिट भिसामा बिदेश जाँदा कागजपत्र शंकास्पद भनी बिमानस्थलबाट…

Read More

काठमाडौँ : उच्च अदालतका चार न्यायाधीशको काज सरुवा गरिएको छ । मङ्गलवार(आज) बसेको न्याय परिषद् बैठकले उच्च अदालत जनकपुर, विराटनगर र दिपायलका न्यायाधीशको ओखलढुंगा, पाटन, राजविराज र पोखरामा काज सरुवा गरेको हो । परिषद्को अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा काम पठाएको छ भने उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश लेखनाथ पौडेलको उच्च अदालत पाटन पठाएको छ । यसैगरी उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीको उच्च अदालत जनकपुर राजविराज इजलास र उच्च अदालत दिपायलका न्यायाधीश अमृत बहादुर बस्नेतको उच्च अदालत पोखरामा काज सिफारिस गरिएको छ ।

Read More

काठमाडौं : विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल र यमनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालको फिनिसिङ राम्रो हुन सकेन । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यमनविरुद्ध पहिलो रोजाईँमा यसअघिको खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए । अनन्त तामाङ, दिनेश हेन्जन र एरिक विष्ट पहिलो रोजाईँमा पर्दा मनिष डाँगी र छिरिङ लामा बेन्चमा छन् । नेपालको प्लेइङ–११किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पी जंग कार्की…

Read More

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सञ्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्युरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुन सक्ने जनाएको छ। ‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्युरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।

Read More

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका-५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ गते डिलबहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा इन्द्रबहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए । घाइते सन्तमायाको चितवनस्थित सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा आज मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए । कुटपिटमा संलग्न इन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।

Read More

काठमाडौं : पूर्वएआईजी रणबहादुर चन्दले आफू ‘हनी ट्र्यापिङ’ मा परेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केहीबेरमा हनी ट्र्यापरको नाम पनि सार्वजनिक गर्ने उल्लेख गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो जीवनमा धोका दिने एक जना, नाम सार्वजनिक गर्दै छु।’ त्यसपछि दिउँसो २:१३ मा अर्को स्टाटस लेख्दै चन्दले लेखेका छन्, ‘त्यो हनी ट्र्यापर हो। एक घण्टामा नाम सार्वजनिक गर्दै छु।’ केही दिनअघि उनले आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालसँग विवाह गर्ने सहमति गरेका थिए। सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि उनले आफूले नशाको तालमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए। त्यससँगै बरालले पनि चन्दले दुई जनाबीच…

Read More

काठमाडौं : नेपाल प्रहरीका एसपी भीमबहादुर दाहाल ११ दिनदेखि थुनामा छन्। प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो। दाहालको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए। २४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो। घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद…

Read More

काठमाडौँ : पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईँविरुद्ध धनुषा प्रहरीमा जाहेरी पुगेको छ । कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दु सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईँ अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो । प्रसाईँले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईँविरुद्ध युवा सङ्घ नेपाल धनुषका अध्यक्ष ३० वर्षीया रोषनकुमार यादवले जाहेरी दिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरी अध्ययनका क्रममा रहेको छ । जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईँलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको…

Read More