काठमाडौँ : उच्च अदालतका चार न्यायाधीशको काज सरुवा गरिएको छ । मङ्गलवार(आज) बसेको न्याय परिषद् बैठकले उच्च अदालत जनकपुर, विराटनगर र दिपायलका न्यायाधीशको ओखलढुंगा, पाटन, राजविराज र पोखरामा काज सरुवा गरेको हो ।
परिषद्को अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा काम पठाएको छ भने उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश लेखनाथ पौडेलको उच्च अदालत पाटन पठाएको छ ।
यसैगरी उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीको उच्च अदालत जनकपुर राजविराज इजलास र उच्च अदालत दिपायलका न्यायाधीश अमृत बहादुर बस्नेतको उच्च अदालत पोखरामा काज सिफारिस गरिएको छ ।
Facebook Comments Box