Author: महेन्द्रनगर पोष्ट

धनगढी : वर्षाका कारण महाकाली नदीको जलस्तर बढ्दै गएपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ गर्न थालेको छ। जोखिममा परेका स्थानीयको आवतजावत गर्न नदिन प्रहरीले माइकिङ गर्न थालेको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा नजान स्थानीयलाई आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीले आइतबार सदरमुकाम क्षेत्रको रिङगलताल, बंगाबगड क्षेत्रमा माइकिङ गरेर सचेत गराएको छ।बंगाबगड, विरेन्द्र वन लगायतका क्षेत्रमा स्थानीयले महाकाली नदीबाट दाउँरा संकलन गर्ने, नदी किनारमा भीड लाग्ने गरेका कारण प्रहरीले माइकिङ गरेर सावधानी अपनाउन आग्रह गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा कडाइ गरिएको छ। तिगर घाटमा भारतपट्टीबाट आएको चट्टानका कारण…

Read More

धनगढी: बर्खा लागेसँगै सुदूरपश्चिममा जताततै बाढी, पहिरो र डुबानका समस्या देखिन थालेका छन्। लगातारको बर्सातले हिजोदेखि विपद्का घटना घटिरहेका छन्। अहिलेसम्म सुदूरपश्चिममा पहिरोमा परेर एक जनाको ज्यानसमेत गएको छ। डडेल्धुराका नवराज पनेरुले पहिरोमा परेर ज्यान गुमाएका हुन्। त्यस्तै प्रदेशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् भने विभिन्न स्थानका बस्तीहरु डुबानमा परेका छन्। यसैक्रममा सुदूरपश्चिम प्रदेश प्रहरीले विपद् लक्षित प्रहरी परिचालन गरेको जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी रविन्द्र केसीले सुदूरपश्चिमम विपद् उद्धार एवं रोकथामका लागि प्रदेशभर विभिन्न युनिटमा करिब २३ सय प्रहरी स्ट्यान्ड बाई राखिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार सुदूरपश्चिममा सम्भावित विपद्को समयमा उद्धार कार्यका लागि प्रदेशका सबै प्रहरी…

Read More

धनगढीः डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार दिउँसो ४ बजे तिर खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए।उनको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै उता डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार शनिवारबाट सम्पर्कविहीन भएकी विष्ट आइतवार बिहान खोलासैन सामुदायिक वनमा मृत फेला परेकी हुन्। उनको मृत्युको कारण खुलेको छैन। विष्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल…

Read More

धनगढी: भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ। यहि असार २९ गते बिहान ६ बजेदेखि ३० गते बिहान ६ बजेसम्म बाँधको ढोका खोलिन लागेको हो। उत्तराखण्ड राज्यको धारचुला पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। परियोजनाको सिल्ट सरसफाई गर्नका लागि बाँधको ढोका खोलिने भनी एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशनबाट पत्र आएको जिल्ला प्रशासन कार्यालय, बैतडीले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना निकाल्दै महाकाली नदीको जलस्तर बढ्न सक्ने भएकाले किनारका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। सूचनामा उल्लेख छ, ‘मिति २०८१-०३-२९ गते बिहान ६ बजेदेखि २०८१-०३-३०…

Read More

धनगढी : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । “शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ”, उनले भने । शनिबार साझँ महाकालीमा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू अवरुद्ध भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो। दार्चुलाको शैलेशिखर नगरपालिका–६ पर्नेवासमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो। बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ। पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका–९ बाजपानीमा पनि पहिरो गएको छ। यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ रुवाखोलामा पहिरो गएको छ। रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो। डडेल्धुराको अनारखोलीमा खरु खसेको छ। रुख डलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध…

Read More

काठमाडौँ : लगातारको वर्षाका कारण बहाव बढेको बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धारका भएको छ। शनिबार दिउँसो कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको उद्धारको लागि सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको थियो। उद्धार गरिएकाहरुमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको नेपाल प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२० विपद् उद्दारगण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १५ परिचालन गरिएको थियो। त्यस्तै सशस्त्रको नं.१८ निलबाराहीगण किर्तिपुरबाट १० जनाको टोली खटाइएको थियो।

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँको निवास बालकोटमा सुरक्षार्थ खटिएको सुरक्षा समूहका प्रमुख तथा इन्सपेक्टर उमेश थापा बितेका छन् । हिजो साँझको खाना खाएर सुतेका उनी आज बिहान नउठेपछि तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । भक्तपुरको गुण्डु निवासी ४२ वर्षे सशस्त्र प्रहरी निरीक्षक थापा अचेत अवस्थामा भेटिएपछि भक्तपुर जिल्ला अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनले प्राण त्यागेको बताइन्छ । बालकोटमा तैनाथ टोलीका एक जना सुरक्षाकर्मीले उनलाई एक सातादेखि सञ्चो नभएको बताएका छन् । मुटुको समस्या थियो कि तर थापा ग्यास्टृक भनेर बसेकाले गएराति ओछ्यानमै केही भएको हुनसक्ने आशंका छ ।…

Read More

काठमाडौं : नेकपा एमालेका नेता भीम रावल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । सहकारी रकम अपचलनपछिको परिस्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्न व्यक्तिलाई जोगाउन प्रहरी प्रशासन र राजनीतिक दलका शीर्ष नेताहरु लागेको जिकिर गरे । उनले भने, ‘अहिले पार्टीमा केही सोध्न पनि पाइँदैन, भर्खरै नयाँ पार्टी आएको, महामन्त्रीले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछन् । भन्ने बेलामा भयंकर लोकतन्त्र भन्छन् । त्यो स्वर टेलिभिजनमा सुन्दा त नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्ने धर्तीमुनि पस्ला जस्तो, भरे सतहमा आउँदा त नागरिकता हेर्‍यो दुइटा, राहदानी दुइटा, अरु के तीन वटा, त्यसपछि सहकारी ठगी, अनि उसैलाई देशको सबै जिम्मा, उसलाई…

Read More

धनगढी : वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। ठाउँ–ठाउँमा मुख्य तथा शाखा सडक अवरूद्ध बनेका छन् भने बाढी तथा पहिरोको जोखिमले केही स्थानीयहरूले घर छोडेका छन्। केही स्थानीयका घरमा पूर्ण रूपमा क्षति समेत भएको छ। अवरूद्ध सडकमध्ये बैतडीको सतबाँझ–श्रीभावर सडक एक हो। सुर्नया गाउँपालिका–४ बङसल्लामा पहिरो खसेपछि सडक अवरूद्ध भएको हो। यस्तै बझाङमा पहिरोका कारण जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ। शनिबार बिहान राजमार्ग अन्तर्गत तमैलमा पहिरो खस्दा सडक अवरूद्ध भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार पहिरोलाई हटाउने काम भइरहेको छ। यस्तै पहाडी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने दर्जनौं शाखा सडक पनि…

Read More