Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीको टीकापुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित टीकापुर–२ का १७ वर्षीय किशोर सोमबार साँझ पक्राउ परेका हुन् । किशोरले प्रयोग गरेको मोटरसाईकलको हेल्मेटभित्र लुकाई राखेको लागुऔषध फेला पारी मोटरसाईकल र किशोरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडाैं- गत शुक्रबार ललितपुरको बालकुमारीमा मारिएका दैलेखका सुजन राउतको शव पोष्टमार्टम गरिएको छ । गए राति पाटन अस्पतालमा शव पोष्टमार्टम भएको हो । आज उनको शव सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिने भएको छ । शवलाई सुर्खेतबाट सेनाको अर्को हेलिकोप्टरमा राखेर मृतकको घर दैलेखमा आजै दिउँसो लगिने जानकारी दिइएको छ । शुक्रबार मारिएका दुई जना युवकको परिवारसँग सहमति भएपछि सरकारले शव बुझाउन आवश्यक प्रक्रिया थालेको छ।

Read More

काठमाडौं : सरकारले माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । यसैगरी पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । सोही निर्वाचनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ । जिल्ला तहबाट सिफारिस भई आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन…

Read More

धनगढी : कैलालीको धनगढीमा रहेको एक पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–१ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा बिद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागी हुँदा खाद्यान्न, किराना सामान तथा पेय पदार्थ साथै पसल भित्र पार्किङ गरिराखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी २० लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Read More

कैलाली : कैलालीको अत्तरियामा रहेको एक पसलमा सोमबार साँझ आगलागी भएको छ। गोदावरी नगरपालिका–१ भरतपुर टोलस्थित रामजानकी मन्दिरको गेट नजिकैको जयश्री वेद जनरल स्टोरमा विद्युत् सर्ट भई आगलागी भएको हो। सञ्चालकले बन्द गरेर घर गइसकेका अवस्थामा पसलमा आगलागी भएको थियो। आगलागी भएको देखेपछि सटरको ताल्चा तोडेर स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Read More

बझाङ : बझाङमा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार राति जयपृथ्वी नगरपालिकाको जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । दुर्घटनामा परि बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय चालक प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जयपृथ्वी नगरपालिका- ९ सिमखेतस्थित पुरानो बसपार्क नजिक सुपप्र २४५३ नम्बरको जेसीबी दुर्घटना भएको थियो । जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडक खण्डबाट २० मिटर तल खसेको र चालकको सिटमुनि च्यापिन गई घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  

Read More

काठमाडौं : गृह मन्त्रालय नयाँ प्रहरी ऐन ल्याउने तयारीमा लागेको छ । प्रदेश सरकारहरूले प्रहरी समायोजनका लागि जोड दिएपछि गृहले छलफललाई तीव्रता दिएको हो । तीन साताअघि सातै प्रदेशका गृहमन्त्रीहरूले प्रहरी समायोजनका लागि एक महिनाको समय दिँदै आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरी समायोजन र नयाँ प्रहरी ऐनबारे बिहीबार गृह तथा शुक्रबार प्रहरी प्रधान कार्यालयमा विस्तृत छलफल भएको छ । गृह प्रशासन सुधार समितिका अध्यक्ष पूर्वमुख्यसचिव लीलामणि पौड्याल, समितिका सदस्य रहेका पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याललगायतको उपस्थितिमा छलफल भएको हो । नयाँ ऐनमा प्रहरीको उमेरको सेवाहद, भर्नाको उमेर, बढुवाका प्रावधानसम्बन्धी विषयमा पनि छलफल भइरहेको छ । त्यस्तै प्रहरीको नयाँ ऐनमा बढुवाका प्रावधान संशोधनबारे पनि छलफल भइरहेको छ । 

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीका स्वकीय सचिव चक्रप्रसाद शर्माले आफ्नो ‘भाइरल भिडियो काण्ड’ बारे मुख खोलेका छन् । भिडियो सार्वजनिक भएका बखत मोबाइल अफ गरेका उनले ३ दिनपछि ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै उक्त भिडियोमा सत्यता नभएको जिकिर गरेका छन् । पानीमाथिको ओभानो बन्दै उनले भारतीय अपरिचित वाट्सप कल रिसिभ गर्दा उताबाट महिलाको अश्लील भिडियो देखाइएपछि आफुले फोन काटेको बताएका छन् । त्यसपछि १ लाख माग्दै ब्याकमेल गरेको तर आफुले रकम नदिएपछि भिडियो एडिट गरेर भाइरल गरेको शर्माले बताएका छन् । सम्बन्धित समाचार: सुदूरपश्चिमका गृहमन्त्रीका पीएको काण्ड भाइरल !

Read More

काठमाडौं : साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी रहेको तलब लिन आउन अनुरोध गरेको हो । रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले अनुसार करिब पाँच वर्षअगाडि कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिनका लागि दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र सोहीनुसार सूचना जारी गरिएको छ । दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै मोहमद अल मोजिल गु्रप कम्पनीमा काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Read More