Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । आइतबार विहान प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्रन अध्यक्ष अ‍ोली र सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका पुगेका हुन् । भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

Read More

धनगढी : कैलारी गाउँपालिका वडा नम्बर ६ को इलाइट युवा क्लब र घोडाघोडी नगरपालिकाको घोडाघोडी युवा क्लबले एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएका खेलमा जित हात पार्दै ईलाईट र घोडाघोडीले क्वाटरफाईनलमा स्थान बनाएका हुन् । धनगढी रंगशालामा भएको पहिलो खेलमा ईलाईट युवा क्लबले अलस्टार्स स्पोर्टस एकेडेमीलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको छ । ईलाईटको जितमा विदेशी खेलाडी फोफानाले एक मात्रै गोल पेनाल्टीको सहारामा गरे । दोस्रो हाफको २६ औं मिनेटमा अलस्टार्सका सौगात मगरले ह्यान्ड गरेपछि पाईएको पेनाल्टीलाई विदेशी खेलाडी फोफानाले गोलमा परिणत…

Read More

कञ्चनपुर :  कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय पक्राउ परेका हुन्। उनको स्थायी ठेगाना भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल हो। वडा प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले उनलाई एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ इ गाउँमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिवार राति अनियन्त्रित भएर दुर्घटना भएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका पप्पुको सेती अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

Read More

गोदावरी : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । धनगढीमा आज आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार सात ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ । नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव पाँच प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ । नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत परिवारले सो सुविधा पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए । सुदूरपश्चिममा धान एक लाख आठ हजार आठ सय,…

Read More

डडेल्धुरा : होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा रमेशप्रसाद जोशी चयन भएका छन् । डडेल्धुराको होटल मेघा क्लासिकका संचालक जोशी कंचनपुरका परमानन्द भण्डारीलाई पराजित गर्दै अध्यक्षमा चयन भएका हुन् । जोशीली २४ मत पाए भने भण्डारीले १७ मत पाए । यस्तै डडेल्धुरामा आज भएको महासंघको प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्षमा रामचन्द्र रेग्मी, महासचिवमा तेजबहादुर बोहरा, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर सिह सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा विष्णा बोहरा, सीता चौधरी, पुजा रावल, मनिषा खत्री, ज्ञानबहादुर चौधरी, सन्तोष नाथ, भिम देउवा, दिपकबहादुर रावर र नरेन्द्रबहादुर चन्द चयन भएका छन् ।यसअघि महासघका निवर्तमान अध्यक्ष दिपकबहादुर खड्काको अध्यक्षता र प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा प्रथम…

Read More

कन्चनपुर : कन्चनपुरमा ट्याक्टरले किच्दा एक बालकको मृत भएको छ । हिजो बेदकोट नागरपालिका –६ दैजी लालपुर भित्री सडकखण्डमा ट्याक्टरले कुल्चिदा ६ वर्षीय बालक लब चन्दको मृत्यु भएको हो । बालकको मृत्युपछि स्थानीयले शव सडकमै राखेर राजमार्ग अबरुद्ध पारेका थिए । तर मृतक बालकका परिवारलाई राहत क्षतिपूर्तिबारे आवश्यक काराबाही अगाडि बढाउने सहमतिपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । प्रहरीले से १त ८९३० नम्बरको ट्याक्टरले र चालक बेदकोट नगरपालिका -१० बस्ने राम बहदुर खुनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

धनगढी : कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता भएको छ। जिल्लाको कैलारी गाउँपालिका ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मनिला न्यौपानेको विवाह दर्ता भएको हो। विवाह गरेको ४ वर्षपछि उनीहरुको विवाह कैलारी गाउँपालिकामा दर्ता भएको हो। यहि पुुस ६ गते मात्रै उनीहरुको विवाह दर्ता भएको हो। पारलैंगिक विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा पारलैंगिक विवाह दर्ता भएको थिएन। शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलोपटक पारलैंगिक विवाह दर्ता निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले बताइन्। समलिङ्गी विवाहका रूपमा प्रकाश र मनिलाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

Read More

बझाङः जिल्लाको केदारस्यु गाउपालिका–१ रायलमा रहेको निर्माणाधिन बर्थिङ सेन्टरको भवनलाई स्थानियले घाँस राख्ने गोठ बनाएका छन्। पालिकाकाे कनाडा, डुडिल, सिम, बगाल, चौडाला, पाडेचौर, रायल र पथुडाका स्थानियहरुलाई लक्षित गरि दुई वर्ष अघि वर्थिङ सेन्टर निमार्णको काम सुरु गरिएको थियो। तर भवन निमार्णको काम अलपत्र परेपछि स्थानियले अहिले घाँस राख्ने ठाँउ बनाएका हुन्। वर्थिङ सेन्टरको निमार्ण कार्य अपुरो भएपछि उक्त क्षेत्रका स्थानियले रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा जानुपर्ने बाध्यता रहेको छ। गाँउपालिका अध्यक्ष गणेश बोहराले सामाजिक विकास मन्त्रालय बाट बजेट विनियोन भई आएको र स्वास्थ्य कार्यालय मार्फत भवन निमार्णको काम तत्काल अगाडी बढाई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

Read More