Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: प्रहरीले कञ्चनपुरमा लागुऔषध मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कञ्चनपुर जिल्ला अदालतले २०७७ चैतमा १ महिना २६ दिन कैद सजाय तोकेका बेदकोट नगरपालिका–६ का कमल चौधरी र २०७८ साल पुसमा १ महिना १ दिन कैद तोकिएका भीमदत्त नगरपालिका–१४ का संजोग भन्ने अजय भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। घर ठेगानाबाटै पक्राउ परेका दुवै जनालाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनकुटा: धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ। डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो। राति घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए। घरमा गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए। उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो। तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरु पनि एकैठाउँमा थुपारेर आगो सल्काइएको पाइएको वडाध्यक्ष गुरागाईले बताए। उक्त आगो छिमेकीहरुले निभाएका थिए।

Read More

कैलाली: कैलालीको अत्तरियाका होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र तीन जना पुरुष रहेका छन्। हिजो(आइतबार) गोदावरी नगरपालिकाको वडा नम्बर २ का जनप्रतिनिधि, कर्मचारी, गोदावरी होटल व्यवसायी संघ र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका डिएसपी सहितको संयुक्त टोलीले गरेको अनुगमनमा अत्तरियाका होटलमा अनैतिक क्रियाकलाप हुने गरेको पाइएको हो। पक्राउ परेकाहरुको नाम र होटलको नाम भने प्रहरीले खुलाएको छैन। सोही टोलीले अत्तरियाका ४० वटा होटलमा अनुगमन गरेको थियो। जसमा १५ वटा होटल सञ्चालकहरुले स्थायी लेखा नम्बर तथा दर्ता बिना सञ्चालन गरेको र १५ वटा होटलहरु नविकरण तथा वडामा दर्ता नभएको पाईएको प्रहरीले…

Read More

धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषधसहित आइतवार साँझ तीन जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ धनगढी रोडबाट सोहि ठाउँका २२ वर्षीय चन्द्र महता, गोदावरी नगरपालिका–५ का २५ वर्षीय गोकुल श्रेष्ठ र धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय मेघराज बुढाथोकी पक्राउ परेका छन्। उनीहरुलाई लागुऔषध खरिद बिक्री गरिरहेको अवस्थामा १४० मिलीग्राम लागुऔषधसहित  पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ। 

Read More

काठमाडौं: अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ ।  बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो । भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो  ।  त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको थियो । घरेलु टोली भारतले पाँच खेलको टि–२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो । चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो । भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो ।…

Read More

काठमाडौँ: नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए।

Read More

काठमाडौँ : हाल देशमा  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

Read More

मुगु : नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान ग्राउन्डेड भएको छ । तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो । उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो । जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो । नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिए । नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरिएको बताए । जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसबापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिएको प्रधानमन्त्रीले बताए । जलवायु वित्तमा नेपाल प्राथमिकता प्राप्त देशको सूचीमा परेकाले आर्थिक एवम् प्राविधिक सहयोग प्राप्तिमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका मुद्दालाई यस पटक नेपालका तर्फबाट…

Read More

कालीकोट : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरूबाट सचेत हुनुपर्ने बताएका छन्। समृद्धिका लागि संकल्प यात्रामा निस्किएका ओलीले आज (आइतबार) दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताए। ‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो। त्यो लोकतन्त्र विरोधी हो,’ उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो।’ लोकतन्त्रको बिरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ।

Read More