Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही  बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा  आंशिक देखि सामान्य रहनेछ। सुदूरपश्चिम  र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति…

Read More

काठमाडौं: आजदेखि यमपञ्चक अर्थात् तिहार सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ । यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र…

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबिच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेत र नेपाल सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.रुपक महर्जनले भविष्यमा न्याम्सले सशस्त्र प्रहरी अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम बिस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । यो समझदारी पछि न्याम्सले निकट भविष्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम सशस्त्र अस्पतालमा पनि बिस्तार गर्ने छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्च स्तरको दक्ष जनशक्ति…

Read More

काठमाडौं : नेपाल प्रहरीको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ५ प्रहरी उपरीक्षक (एसपी) लाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी बढुवाका लागि सिफारिस हुनेमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।

Read More

बैतडी : बालिकामाथि कुकर्म गरेको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्। पक्राउ परेका ती बालकले ८ वर्षीया बालिकामाथि कुकर्म गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई कुकम गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

काठमाडौँ : नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । एसएसपी लुइँटेललेअनिवार्य अवकाशमा जानु अगाडि नै राजीनामा दिएका हुुन् प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सहनिर्देशक रहेका लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको गृह मन्त्रालयले जनाएको छ । एसएसपी लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । एसएसपीबाट डीआईजीपीमा बढुवा हुन पाएको भए उनले थप एक वर्ष सेवा गर्न पाउने थिए ।

Read More

धनगढीः भारतबाट अबैध रुपमा आयात गरिएका फूलका माला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। एक सय किलोग्राम फूलका माला सशस्त्र प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो। नेपाल सरकारसँगै धनगढी उपमहानगरपालिकाले समेत सार्वजनिक सूचना नै जारी गरेर भारतबाट फूल आयात नगर्न आग्रह गरेको थियो। तर उक्त सूचनाको अवेज्ञा गर्दै अबैध रुपमा आयात गरिएका एक सय किलोग्राम फूलामाला धनगढीबाट सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौँ : तिहारमा धेरै प्रयोग हुने झिलिमिली बत्तीको आयात यस वर्ष बढेको छ । यस वर्ष ४५ करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो । गत वर्ष ३६ करोडको मात्रै आयात भएको थियो । पहिले माटोको दियो प्रयोग गरिन्थ्यो । हिजोआज विभिन्न खालका दियो, माला बत्तीलगायत आधुनिक झिलिमिलीको प्रयोग बढेको छ । जसअनुसार वर्षेनी करोडौँ रुपैयाँको विद्युतीय झिलिमिली बत्ती आयात हुने गरेको छ । तिहारका लागि यस वर्ष ४५ करोड रुपैयाँसम्मको झिलिमिली बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार झिलिमिली बत्तीहरूको माग राम्रो रहेको छ । बजारमा माग बढेसँगै बत्तीको मूल्य पनि बढेको छ ।…

Read More

काठमाडौँ : मधेश प्रदेश सभामा रिक्त रहेको जनता समाजवादी पार्टीको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादव निर्वाचित भएकी छन् । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गर्दै यादव प्रदेशसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो । यसअघि समानुपातिकको मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य रहेकी विन्दुकुमारी यादवको निधन भएपछि उक्त पद रिक्त थियो । समानुपातिक सांसद विन्दुकुमारीको गत भदौमा निधन भएको थियो । प्रदेश सभा सदस्य निर्वाचन, ऐन २०७४ को दफा ४० को उपदफा (२) र प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम जसपाबाट मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतमले राजपत्रमा सूचना जारी…

Read More

-महादेवी बर्मा (महादेवी बर्मा, हिन्दी साहित्यकी प्रख्यात कवियत्री, लेखिका र साहित्यकार हुन् । उनका कवितामा छायावादको प्रभाव परेकोले उनलाई छायावादी कविहरू मध्ये एक मानिन्छ । यस निबन्धमा उनी बद्रीनाथ, केदारनाथको तीर्थयात्रा गर्न आउँदा भारी बोक्ने नेपाली कुल्लीहरूको तत्कालिन अवस्थाको वर्णन पढन पाइन्छ । सन १९८१ आसपास, कलेज पढदा ताका सहपाठी उपेन्दरले ‘यो पढ नेपालीको कथा’ भनेर स्मृति की रेखाएँ पढन दिँदा, आफ्नै बाउ बाजेको कथाले मन छोएकोले डायरीमा उतार गरि राखिएको थियो । अहिले पनि तिनीहरूका सन्तान दरसन्तानको अवस्थामा सुधार नआएको र त्यही नियतिमा जीवन निर्वाह भईरहेको छ । यही सन्दर्भमा कसैले उहिल्यै रचना गरेको एक गीतको अहिले पनि सम्झना…

Read More