Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासका उपनियोग प्रमुख प्रसन्न श्रीवास्तव नयाँ दिल्ली गएका छन् । उनी भिस्तारा एअरको उडान नम्बर युके १५८ मा बिहान ११ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् । यसवीच आजै भारतीय लेफ्टिनेन्ट जनरल नवनित सिंह सर्ण पोखराबाट काठमाडौं आएका छन् । उनी दिउँसो ३ बजे तीन सदस्यीय टोलीका साथ यता आइपुगेका हुन् ।

Read More

काठमाडौं: तिहारलगत्तै बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्चसहित उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । कानुनमन्त्री धनराज गुरुङ देशबाहिर भएका कारण रोकिएको बैठक तिहारलगत्तै बस्न लागेको हो । न्यायपरिषद् स्रोतका अनुसार, अबको बैठकले सर्वोच्चसहित विभिन्न जिल्ला र उच्चमा मुख्य न्यायाधीश, न्यायाधीश र पछि जिल्ला अदालतको न्यायाधीश नियुक्ति गर्ने एजेण्डा तय भएका छन् । अहिले सर्वोच्चका लागि सात वटा कोटा खालि छ । उच्चमा ४० भन्दा बढी न्यायाधीश रिक्त छन् । नियुक्ति सकेपछि कारबाहीको फाइल शुरु हुन्छ । यसबीच न्यायपरिषद्बाट रामप्रसाद श्रेष्ठको कार्यकाल सकिने भएको छ । रामप्रसाद भण्डारी भने लक्ष्मीबहादुर निरालाको निधन भएपछि उनकै ठाउँमा नियुक्त भएकाले अरु…

Read More

धनगढीः धनगढी–अत्तरिया ६ लेन सडकको रेलिङ भाँच्ने बसलाई जरिवाना गरिएको छ। ट्राफिक प्रहरीसँगको सहकार्यमा धनगढी उपमहानगरपालिकाले ना ७ ख ५८७४ नम्बरको बसलाई जरिबाना गरेको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार गत जेठ ११ गते बसले धनगढीको चौराह नजिक सडकको रेलिङ भाचेको थियो। जिल्ला प्रहरी कार्यालय, कैलालीको नियन्त्रणमा रहेको गाडी रेलिङ मर्मत गर्न सर्तमा छोडिएको थियो। तर, पाँच महिनासम्म भाँचिएको रेलिङ मर्मत नभएपछि ट्राफिक प्रहरीको सहयोगमा जरिवना तिराइएको हो। धनगढी बसपार्कबाट सोमवार ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरीले बस फेरि नियन्त्रणमा लिएका थिए। बस धनीले रेलिङ मर्मतका लागि ५५ हजार धरौटी बुझाएपछि बस छोडिएको छ। १५ दिन भित्रमा बस…

Read More

दार्चुलाः दार्चुलामा एक जना पुरुष ३ दिन देखि सम्पर्कबिहिन भएका छन्। जिल्लाको महाकाली नगरपालिका–४ बिधानगर टोलका अन्दाजी ५५ वर्षका जादु भनेर चिनिने प्रेमदत्त जोशी ३ दिन देखि सम्पर्क बिहिन भएका हुन्। मानसिक सन्तुलन बिग्रेका जोशी यहि कार्तिक २२ गते भतिजा सँग उपचारका लागि महेन्द्रनगर आएका थिए। २२ गते बिहान महेन्द्रनगर पुगेका जोशी २३ गतेबाट अहिले सम्म सम्पर्कमा नआएको उनका भतिजा प्रेमदत्त जोशीले बताए। जोशीलाई कहि कतै कसैले भेट्टाएमा नजिकको प्रहरी कार्यालय तथा ९८४८८४०५८३ को नम्बरमा सम्पर्क गरिदिन उनका आफ्न्तले आग्रह गरेको छन्।

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्री वितरणका लागि सहजीकरण गर्ने भएको छ । दीपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्री वितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्ड स्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्री स्थल तोकिएको उनले बताए । महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरूप…

Read More

म्याग्दी : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए । ‘रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको हो’, उनले भने, ‘रू ३० लाखभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौँ ।’ वडा सदस्य गुरुङका अनुसार केही च्याङ्ग्राको आन्द्राभुँडी निकालेर छाडेको छ भने धेरैको रगत खाएर मारेको छ । घाइते च्याङ्ग्राको पनि मृत्यु भएको वडा कार्यालयले जनाएको छ मुस्ताङमा हिमचितुवाले पु¥याएको यो अहिलेसम्मको ठूलो क्षति भएको…

Read More

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्ती पुगेर पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् । भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण कार्य प्रारम्भ गरी अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रेले बताए । पार्टी द्वारा सङ्कलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरी राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरूसँगको छलफल गरेका थिए । शनिबार बिहान नलगाड आसपासका भूकम्प पीडितहरू सँग भेटघाट गरेका उनीहरूले विपद्को…

Read More

काठमाडौं: हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ। तिहार (यमपञ्चक)को पहिलो दिन आज (शनिबार) काग तिहार मनाइँदैछ।  तिहार तथा दशैंका बेला जुवा–तास खेल्ने प्रचलन आम जस्तै छ। धेरैले जुवा–तासलाई मनोरञ्जनका रुपमा लिएर खेल्ने गर्छन्। तर जुवा–तास खेल्नु कानुन विपरीतको गतिविधि हो। के छ कानुनी व्यवस्था ?मुलुकी अपराध संहिता, २०७४ ले जुवा–तासलाई गैरकानुनी गतिविधि मानेको छ। अपराध संहिताको दफा १२५ मा जुवा–तास खेल्नेलाई कारबाहीको व्यवस्था गरिएको छ।  पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। यस्तै, दोस्रोपटक पनि जुवा खेलेको पाइए त्यस्ता व्यक्तिलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था…

Read More

दाङ : दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन्। चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए। बिहीबार स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला सिकार खेल्न गएका सिकारीले चलाएको गोलीको छर्राले जवान चौधरीको छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए। मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए।

Read More

दमक : नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा झापाको कमल गाउँपालिका- ६ का एक युवकको मृत्यु भएको छ। कन्काइ नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी…

Read More