Author: महेन्द्रनगर पोष्ट

बझाङ : बझाङमा एक महिलाको बेवारिसे शव फेला परेको छ । जिल्लाको बुङ्गल नगरपालिका-५ पौटास्थित कालङ्गा हाइड्रोपावरको पानी जाने मुल नहरमा अन्दाजी ४५ वर्षिया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा : राति १० बजेसम्म मात्रै देउसी-भैलो खेल्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आग्रह गरेको छ। शुक्रबार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेले एक सार्वजनिक सूचना जारी गर्दै राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेका हुन्। सूचनामा भनिएको छ, ´जिल्ला सुरक्षा समिति, डडेल्धुराको कार्तिक २४ गते बसेको बैठकबाट नेपालीहरूको नजिक आइरहेका चाडहरू तिहार, छठ तथा नेपाल सम्वतको उपलक्ष्यमा सम्पूर्ण जिल्लावासीमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रा पर्वहरूलाई मर्यादित र व्यवस्थित बनाउने सन्दर्भमा देहाय वमोजिमका निर्णय भएकोले जानकारीका लागि सबैमा हार्दिक अनुरोध छ।` तिहार (दिपावली), छठ तथा नेपाल सम्वत पर्व मनाउँदा छिमेकी, टोल / समुदाय र सार्वजनिक जीवनमा असर नपर्नेगरी मनाउन…

Read More

डडेल्धुरा :  नेकपा एकीकृत ( समाजवादी ) का महासचिव घनश्याम भुसालले देशमा उत्पन बेरोजगारी र सुशासनलगाएतका विद्यमान समस्याका मुद्दामा सरकार डराएर भागेर नहुने बताएका छन्। शुक्रबार नेकपा एकीकृत समाजवादी डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। सुशासन बेरोजगारी लगाएतका विद्यमान समस्याहरू आफ्ना राष्ट्रिय एजेन्डा र संकल्प भएकोले यी एजेन्डामा पार्टी अगाडि बढेको उनले जिकिर गरे। यीनै गतिविधिलाई लिएर अहिले विभिन्न ठाउँ ठाउँमा आफूहरुले काम गरिरहेको उनको भनाइ छ। एक पार्टीले मात्र उठेका सम्पूर्ण समस्या समाधान गर्न नसकिने भएकोले सम्पूर्ण पार्टी र सरकार एक भगर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। सरकारले समयमा ध्यान दिन नसक्दा बेरोजगारी र महङ्गी बढेको…

Read More

काठमाडौं : गर्भवती महिला प्रहरीलाई नेपाल प्रहरीले अब छुट्टै पोसाक दिने भएको छ। बुधबार बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको हो। अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ। नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग गरे कारबाहीको चेतावनी दिएको छ। एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गरेको हो। त्यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ। यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।

Read More

 काठमाडौं : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। उमेरको विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका हुन्। रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो। पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए। एसएलसी प्रमाणपत्रमा उनको जन्ममिति २०२१ माघ १२ गते छ। तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ। तर, उनको नागरिकता जिल्ला प्रशासन…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्। त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ। मेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो देल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं।’ उनले सोहीअनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

Read More

काठमाडौं :  भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।  यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे अहमदाबादमा सुरु हुनेछ। दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने अफगानिस्तान सेमिफाइनल प्रवेशको झिनो आशासहित मैदान उत्रिँदैछ। आठ खेल खेलेको अफगानिस्तान ८ अंकसहित छैटौँ स्थानमा छ। उसले सेमिफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्ध जित निकालेर मात्र सम्भव छैन। कम्तीमा ४ सय ३८ रनको जित निकाल्न सके मात्र नेटरनरेटका आधारमा चौथो स्थानमा उक्लिने सम्भावना छ। हाल १० अंकसहित चौथो स्थानमा रहेको न्यूजिल्याण्ड नेटरनरेटमा अगाडि छ। भोलि सेमिफाइनलको अर्को प्रत्याशी टोली पाकिस्तानले इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

Read More

काठमाडौँ– जाजरकोट भूकम्पमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्ट रहेका छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। योसँगै जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ। एकसाताअघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

Read More

दाङ : दाङमा रूखबाट लडेर मृत्यु भएका भनिएका एक व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ देखिएको छ। घोराही उपमहानगरपालिका-७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको जंगलमा मालुको पात टिप्न गएका बखत रूखबाट लडेर मृत्यु भएको भनिए पनि उनको छातीमा बन्दुकको छर्रा लागेको घाउ देखिएको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लका अनुसार जुगारू बिहीबार बिहान आठ बजेतिर मालुको पात टिप्न भनेर जंगल गएका थिए। घटनाबारे बेलुका साढे ४ बजेपछि मात्रै प्रहरीलाई खबर आएको थियो। प्रहरी उद्धार गरेर ७ बजेर ४० मिनेट जाँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै जुगारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले मृतक सशस्त्र प्रहरीका मान्छे हुन् भन्ने अपुष्ट…

Read More