Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमााडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले इजरायलबाट नेपाली उद्धार गर्दा लागेको लागत वापत पौने ६ करोड रुपैयाँ माग दाबी गरेको छ । निगमले २५ असोजमा वाइडबडी जहाजमार्फत इजरायलको तेल अभिभबाट २५४ नेपालीको उद्धार उडान गरेको थियो । उक्त उडान गर्दाको लागतवापतको ५ करोड ७५ लाख रुपैयाँ निगमले पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग माग गरेको हो। प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको गाँजामा आक्रमण गरेपछि आफ्ना नागरिकको उद्दारका लागि सरकारले वायुसेवा निगमको जहाज पठाएको थियो ।

Read More

काठमाडौं : नेपाल प्रहरीका प्राविधिकतर्फका बरिष्ठ हवल्दारहरु प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक तर्फको स्वास्थ्य, इन्जिनियरिङ, हातहतियार उपसमूहका असईका लागि बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३० बरिष्ठ हवल्दारलाई असई बढुवाका लागि सिफारिस गरेको हो । सूचीः prabidhik-asiDownload

Read More

कुङ्मिङ : जाजरकोट र रुकुम भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन्। भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे। उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको बताए। अध्यक्ष नेपालले पनि सहयोगका लागि धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपालले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाए। जाजरकोट र रुकुमका लागि चीनले…

Read More

धनगढी : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार राना २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिए । धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर आएका थिए । १८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर उनी घर त आएनन् नै १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पायो । ‘असोज २० गते आफैंले बुहारीलाई फोन गरेको रहेछ, तर केही पनि बोलेन । त्यसपछि बुहारीले यताबाट गरेको फोन उठाएन’, मृतकका दाजु…

Read More

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ । कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए ।

Read More

काठमाडौँ : न्यायाधीश तथा कर्मचारीहरूले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् । बुधवारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरूबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका सचिव र सहसचिवहरूबाट ३ दिन, अधिकृत स्तरका कर्मचारीबाट २ दिन र अरु कर्मचारीहरूबाट १ दिनको तलब रकम सहयोग स्वरूप जम्मा गर्ने निर्णय पनि गरेको सर्वोच्च अदालतले जनाएको छ ।

Read More

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका…

Read More

काठमाडौँ : इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ जारी छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो । बुधबार अदालतले यो मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ । यो मुद्दा नेपाल सरकारले एक पटक मुद्दा नचलाउने निर्णय गरिसकेको तर सर्वोच्च अदालतलृ उक्त निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो । बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत…

Read More

रसुवा : रसुवामा नक्कली नोट बोकेका तीन जना पक्राउ परेका छन् । उत्तरगया गाउँपालिका ५ नौबिसेको एक होटलबाट नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नुवाकोटको ककनी गाउँपालिका ६ बस्ने बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका ८ बस्ने मानबहादुर गुरुङ र दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डितलाई प्रहरीले नक्कली नोटसहित पक्रेको हो । उनीहरुलाई होटलमा नक्कली नोटको कारोबार गरेको अवस्थामा पक्राउ गरिएको बताइन्छ । उनीहरुले प्रयोग गरेको स्कुटरको डिक्कीभित्र एक हजार र पाँच सयको नेपाली नोट तलमाथि राखेर बीचमा कागज तथा पत्रिकाहरू नोटको आकारमा राखिएको पैसाको बिटो फेला परेको हो । उनीहरुको साथबाट नक्कली नोट बनाउने कार्यमा…

Read More