Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। सो क्षेत्रमा यही ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्। जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ। यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ। यसअघि स्थानीय प्रशासनले…

Read More

काठमाडौं: इजरायलको मन्त्रिपरिषद्ले बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने प्रस्तावलाई पारित गरेको छ। यो अवधिमा पहिलो चरणअन्तर्गत हमासको कब्जामा रहेका ५० जना रिहा हुनेछन्। युद्ध विराम र बन्दी रिहाइमा इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै हमासको कब्जामा रहेका दुई सयभन्दा बढी व्यक्तिको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ। त्यसबापत इजरायलले पनि एक सय ५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने प्रस्तावमा उल्लेख थियो। यद्यपि, यस विषयमा इजरायल सरकारले केही बताएको छैन। पहिलो चरणमा ५० जना रिहा हुने छन्। नेपाली युवा विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको इजरायलले जनाएको छ।

Read More

धनगढी: कैलालीस्थित धनगढीको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो। शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको आफन्तहरूको आरोप छ। शिशुको मृत्यु भएपछि आमाको पेटमा टाँका समेत नलगाएर डाक्टर अन्जर्ना शर्मा फरार भएको सुत्केरीका आफन्त सुरेश सुनारले आरोप लगाए। हिजा(मंगलबार) बिहान ७ बजे सुत्केरी हुन अस्पताल गएकोमा राति अप्रेसनका क्रममा शिशुको मृत्यु भएको सुनारले बताए। ताराको पेट काटिएकै अवस्थामा छोडेर डाक्टर अन्जर्ना शर्मा अस्पतालबाट फरार भएको उनले बताए। अस्पताल प्रशासनले भने घटनापछि चिकित्सकहरू फरार नभएको दाबी गरेको छ। सुत्केरीका आफन्तहरू आक्रामक शैलीमा उत्रिएपछि चिकित्सकहरू…

Read More

चितवन: भरतपुर महानगरका मेयर रेनु दाहाललाई सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जालमार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए। मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई घरबाटै पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीचको खेल केहीबेर अवरूद्ध भएको छ। खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच कुटाकुट भएपछि खेल आधा घन्टा अवरूद्ध भएको हो। रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै फ्यानहरूबीच कुटाकुट हुँदा रंगशाला केही बेर तनावग्रस्त बनेको थियो । दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन्। सुरक्षाकर्मीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घन्टा ढिला गरि खेल सुरू भएको छ। अहिले खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तिमा कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् ।

Read More

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधित क्षेत्र घोषणाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए। झापाका व्यवसायी दुर्गा प्रसाईँ पक्ष र राष्ट्रिय युवा संघले मंसिर ७ गते एकै स्थानमा प्रदर्शन गर्न खोजेपछि सम्भावित दुर्घटना रोक्न भन्दै स्थानीय प्रशासनले सोमबार निषेधित क्षेत्र घोषणा गरेको थियो। प्रशासनले ३० दिनसम्म पद्मोदय मोडदेखि नयाँ बानेश्वरम्म विरोध प्रदर्शन गर्न र जुलुस निकाल्न रोक लगाएको छ।

Read More

काठमाडौँ : सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।  नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको…

Read More

महेन्द्रनगरः कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यसहित २०५२ सालमा दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव गरिएको थियो। विसं २०७२ मा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले प्रस्तावित क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार आठ सय दुई र वेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुखको लगत सङ्कलन भएको जानकारी दिए। रुखको लगत सङ्कलनपछि प्रक्रिया अघि बढाउन त्यहाँका दुई वटै सामुदायिक वनले साधारणसभा डाकेर उक्त क्षेत्रमा नियमानुसार रुख हटाउन सहमति दिनुपर्ने हुन्छ। सूचना अधिकारी अवस्थीले यहाँको जनचेतना सामुदायिक वन समितिको साधारणसभा बाँकी रहेको बताए। ‘वेदकोट सामुदायिक वन उपभोक्ता…

Read More

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरमा ‘ब्लफ कल’ आउँदा डडेल्धुरा प्रहरी हैरान बनेको छ। अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन्। दैनिक करिब ३०/४० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका बरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरले बताए। ऐरका अनुसार फोन गर्नेले गलत सूचना दिने, जिस्कीने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राखि राख्ने जस्ता कार्य गर्ने गर्छन्। ब्लफकल बिशेष गरेर रातीको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए।…

Read More

काठमाडौँ : न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाको उच्च अदालत पाटनमा सरुवा गरिएको छ। उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखरा बाग्लुङ इजलासमा सरुवा गरिएको छ । उच्च अदालत तुल्सीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा पुर्‍याइएको छ। सरुवा हुने अन्य न्यायाधीशमा राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई, शालिग्राम कोइराला, राजेन्द्र खरेल, सुदर्शनदेव भट्ट, गोकर्ण डाँगी, किरण पौडेल र डालकुमार खड्का छन्। त्यस्तै, उच्च अदालतका चार जना न्यायाधीशको काज सरुवा गरिएको छ । यसमा हरिप्रसाद भण्डारी, लेखनाथ पौडेल, बामदेव…

Read More