Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आईसीसी एकदिवसीय क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन्। खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन्। सात खेलमा दुई खेल जितेर चार अङ्क जोडेको नेदरल्याण्ड्स तालिकाको नवौँ र समान सात खेलमा एक खेल जितेर २ अङ्क जोडेको इंग्ल्याण्ड तालिकाको पुछारमा रहेको छ। यसैबीच भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ। अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो। यी दुई देशबीच कात्तिक ३० गते कोलकाताको इर्डेन गार्डेन…

Read More

भजनी : बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन्। राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ। उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन्। कैलालीको टीकापुरका धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताए। ‘मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेका छौँ,’ उनी भनछन्, ‘मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना छ।’ राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताए। ‘किसानलाई उखु खेतीका लागि आग्रह गरेका छौँ’, उनले भने,…

Read More

धनगढी : प्रहरीले लागुपदार्थ ब्राउनसुगरसहित कैलालीको धनगढीबाट दुईजनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट ६ सय मिलिग्राम ब्राउनसुगरस्तो देखिने धुलो पदार्थसहित धनगढी–३ का १८ बर्षीय किशोरसमेत २ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारेको हो। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

दार्चुला : दार्चुलामा हराएकी एक वृद्धाको शव भिरमा पाइएको छ। लेकम गाउँपालिका–१ बन्डोली बस्ने ८० वर्षिया कुष्मा बिष्ट सोही ठाउँस्थित नौलाबाटा भिर भन्ने स्थानबाट करिब २ सय मिटर तल मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। सोमबार दिउँसो घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बित्थड भरडकोट पोष्टबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ।

Read More

महेन्द्रनगर : तीस महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन। विसं २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेपछि स्थानीयस्तरमा विरोधका कार्यक्रम अघि बढ्न थालेका छन्। धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कञ्चनपुरको तीनवटा प्याकेजमध्ये हुलाकी सडकको दुईवटा खण्डको ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेको बताए। “पाँचौ पटक थपिएको म्याद गत असारमा सकिएपछि निर्माण कम्पनीलाई काम गर्ने समय थप गरिएको छैन,” उनले भने, “अहिले आएर बल्ल ठेकेदारहरुले काम गर्ने तयारी गरिरहेको देखिन्छ।” कञ्चनपुरमा डोकेबजारदेखि…

Read More

कञ्चनपुर: लागुऔषधसहित कञ्चनपुरबाट दुईजना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट २.७ ग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित कञ्चनपुरकै वेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्लीराज भाटलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीको भनाई छ। प्रहरीले उनीहरुले प्रयोग गरिरहेको एउटा स्कुटीसमेत नियन्त्रणमा लिएको जनाइएको छ।

Read More

कैलाली: भारतको कारगिलमा मजदुरी गरेर घर फर्किरहेका कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका छन्। उनले ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको बताए। कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उनले बताए । हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुगाएका थिए। मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा नहरबाट डुबेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–९ डाँडाकुन्डास्थित नहरमा डुबेर कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–७ का केशब बोहराका ७ वर्षीय छोरा एलेक्स बोहराको मुत्यु भएको हो । दसैँ विदामा मामा घरमा गएका एलेक्सको मंगलबार नहर नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

अछाम : अछाममा जुवाखालबाट ३६ हजारसहित ९ जना पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–३ कागतोलाका बलबहादुर शाहीको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने ३५ वर्षीय बिनोद शाहीसहित ९ जनालाई मंगलबार राति पक्राउ गरिएको हो। उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले नगद ३६ हजार १ सय र तास ४ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

डडेल्धुरा: जुवातास खेलिरहेको अवस्थामा प्रहरीले डडेल्धुराबाट ९ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका–२ भेलका चन्द्र भण्डारीको पुरानो कुखुरा फार्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय बिरेन्द्र खडायतसमेत ९ जनालाई मंगलबार राति पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई नगद १३ हजार रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो।

Read More