Author: महेन्द्रनगर पोष्ट

सुर्खेत : जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २५० भन्दा बढी घाइते अवस्थामा छन् । जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भने “भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुटु कापिरहेको छ…

Read More

काठमाडौं : मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौंलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिए। उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए।

Read More

जुम्ला : जुम्लामा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको हिमा गाउँपालिका १ देयार गाँउका अटो चालक ४५ वर्षीय पदमबहादुर शाही र सोही ठाउँका ४२ वर्षीय बली रोकाय रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। उक्त घटनामा अटोमा सवार ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते भएका छन् । उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। गए राति हिमा १ बड्कीस्थित नाग्म मुगु सडक खण्ड भएर जुम्ला बजारदेखि देयारगाउँतर्फ जाँदै गरेको भे १ ह ३१९७ नम्बर को अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदी को किनारामा खसेको थियो।

Read More

धनगढीः कैलालीको गेटामा दुर्घटनाग्रस्त मोटरसाइकल फेला परेको छ। आइतबार बिहान गेटास्थित मनहरा पुल तल दुर्घटनाग्रस्त भएको से ५प ७४७९ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। गएराति मोटरसाइकल हुँदा चलाक घाइते भएको अनुमान प्रहरीले गरेको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको मालाखेती प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

Read More

बैतडीः बैतडीबाट बलात्कारमा संलग्न रहेकी फरार प्रतिबादी पक्राउ परेकी छिन्। हाडनाता करणी मुद्धामा सिगास गाउँपालिका–३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामी शनिबार साँझ पक्राउ परेकी हुन्। २०७३ असार १८ गते उनलाई जिल्ला अदालत बैतडीले १ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि फरार रहेकी धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले घरमै फेला परेको बताइएको छ। उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

Read More

रमेश लम्साल, काठमाडौँ : शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो । समय थियो शुक्रबार राति ११ बजेर ४७ मिनेटको । जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्पले विशेषगरी छिमेकी रुकुम पश्चिमलाई नराम्ररी हल्लाइदियो । विसं २०७२ वैशाख १२ गतेको जस्तै धक्का पश्चिम नेपालका दुई पहाडी जिल्लाले यसपटक व्योहोर्नुपरेको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यका र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ…

Read More

जाजरकोट : शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो। उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन। उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ। बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन्। पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिए। राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकै छ। पटक–पटक गइरहेका पराकम्पले उनको बास सडकमै भएको हो। यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उनीलगायत अन्य…

Read More

काठमाडौंः ऋण नतिर्ने अभियानसँगै एमाले छाडेर राजसंस्था पुनःस्थापनको अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुने भएका छन्। प्रहरीले जथाभावी नबोल्न भन्दै पटक–पटक गरेको आग्रहलाई बेवास्ता गरेपछि प्रसाईंलाई प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन भनेका हुन्। उनीविरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको प्रहरी स्रोतले जानकारी दिएको छ। बैंकको ऋण नतिर्ने बरु उल्टै प्रतिरोध दस्ता खडा गरेर बैंकका कर्मचारीमाथि जाइलाग्ने जस्तो गैरकानुनी सार्वजनिक अभिव्यक्ति दिँदै आएका उनका गतिविधिलाई नियन्त्रण गर्ने विषयमा शीर्ष राजनीतिक तहमा कुराकानी हुँदै आएको छ।

Read More

कैलाली : कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। टिकापुर नगरपालिका२ विकासपुर बस्ने विकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More