Author: महेन्द्रनगर पोष्ट

गाजा : गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली हवाई हमलामा १८ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी वाफा समाचार एजेन्सीको रिपोर्टका अनुसार आवासीय भवनलाई निशाना बनाएर गरिएको आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । हवाई हमलामा मारिएकाहरूमा अबु अल कुमसान, मसूद, अल अस्ली, अल तुलुली, अबु दान र अबु दयार परिवारका सदस्यहरू रहेका छन्। जबलियाको छेउमा रहेको फलुजाहलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा थप तीन नागरिकको मृत्यु भएको प्यालेस्टिनी वाफा समाचार एजेन्सीले जनाएको छ। इजरायली हवाई आक्रमण र गाजा शहरमा तोपखाना फायरले शेख रदवान, तुफाह र शुजैया छिमेकहरू साथै याफा स्ट्रीटलाई निशाना बनाएको छ।

Read More

काठमाडौँ : मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। शुक्रवार घाइतेको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकले यस्तो जानकारी गराएका हुन्। उपचाररत २५ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन्। उनले चिकित्सकहरू घाइतेको उपचारमा लागिरहेको बताए। उनले भने, ‘डढेको विरामीको उपचारमा यति नै समय भन्न सकिँदैन, सबै चिकित्सक काममा लागिरहनुभएको छ। ६ जनाको अवस्था गम्भीर छ।’ मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताए। उनले अमेरिकाबाट आइतवारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने जानकारी दिए। उनले…

Read More

काठमाडौँ : भारतमा आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको सुरु भएको छ । भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुस २८–२९ गरेको गरेको थियो । आज भएको उद्घाटनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् । उक्त कार्यक्रममा आज विभिन्न देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आज साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो समिटमार्फत विभिन्न दलका प्रमुखहरूले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्नेछन् । अघिल्लो समिटमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो । यो समिटमा शनिवार विदेशी मन्त्रीहरूको सम्बोधन हुन्छ भने कात्तिक ३…

Read More

झापा: नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली फेसबुक आइडीमार्फत कानुन विपरीतका क्रियाकलाप गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ। उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा तिहारका बेला सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तिहारका बेला भएका दुई र चार पांग्रे सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको जनाएको छ। २२ वटा सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु र ५४ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) अनिल उप्रेतीलेजानकारी दिए। उनकाअनुसार यो दशैंका बेला भएका सवारी दुर्घटनाको तुलनामा झण्डै दोब्बरले बढि हो। प्रदेशमा दशैंका बेला भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएको तथ्यांक प्रहरीसँग रहेको छ तर तिहारमा भने बढी संख्यामा दुर्घटना भएका हुन् भने मृतकको संख्या समेत बढेको…

Read More

काठमाडौं : आतंकवाद प्रतिरोधबारे गृह मन्त्रालयमा गम्भीर छलफल भएको छ। मन्त्रालयले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आतंकवाद प्रतिरोध सम्बन्धी छलफल गरेको हो। आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा औपचारिक बैठक बोलाएर गृहले आतंकवाद प्रतिरोधका लागि आवश्यक तयारीलगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग रणनीतिक छलफल गरेको हो। गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई, नेपाली सेना र तीनवटै प्रहरी संगठनका प्रमुखहरु सहभागी थिए। नेपाली सेनाको तर्फबाट रथी सिताराम खड्का, नेपाल प्रहरीका आइजी वसन्त कुँवर, सशस्त्र आइजी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सिआइबी प्रमुख किरण बज्राचार्य बैठकमा उपस्थित थिए।

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।  उक्त रिट तिहारअघि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। तिहार पछि आज अदालत खुलेसँगै रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो। टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो। कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी…

Read More

बाँके : बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ। प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन्। प्रहरीको खोजी सूचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए। कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए। रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ। राना योभन्दा अगाडि पनि अपराधीक कार्यमा संलग्न रहेका थिए।

Read More

काठमाडौं : हेटौंडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ। बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ। प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ। हेटौंडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताए। बच्चा कसले सडकमा ल्याएर फालेको होे हालसम्म खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धमान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताए।

Read More

बैतडी : बैतडीमा खसी चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती बस्ने देवसिंह साउँदको गोठबाट खसी चोर्न खोज्ने सोही वडाको लेट्ठेकोठ बस्ने २२ वर्षीय गोपाल नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राति ९ बजेतिर साउँदको गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरुको सहयोगमा साउँदले नियन्त्रणमा लिएकाे र प्रहरीलाई खबर गरेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको छ। छिमेकीको सुन चोरेको आरोपमा गत साउनमा समेत नाथ पक्राउ परेका थिए। उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो।

Read More