धनगढी: लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका सुदूरपश्चिमका कलाकार अमर लामाको सोमबार बेलुका ४७ वर्षको उमेरमा निधन भएको छ। पेटको बिरामीले थला परेका उनलाई उपचारका लागि काठमाडौ लगिएको थियो। काठमाडौमा उपचार हुन नसक्दा घर ल्याउँदै गर्दा बीच बाटोमै उनको निधन भएको हो। डोटीको बडिकेदार गाउँपालिका – ३ देवल (घाङल) मा जन्मेका लामा हाल कैलालीको चुरे गाउँपालिकाको खानीडाँडामा बस्दै आएका थिए। स्कुले जीवनमै पढ्दै गर्दा पहराको फूल नामक गीति एल्बमबाट चर्चित लामाले दर्जनौ गीति एल्बम बजारमा ल्याएका थिए। उनी गायनका साथै नाट्य र उद्घोषण विधामा पनि उत्तिकै चर्चित थिए। बाँसुरी, मादल, हार्मुनियम लगायतका बाद्दवादमा पनि उत्तिकै पोख्त लामा सुदूरपश्चिममा हुने मेला,…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका नयाँ प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले सबैभन्दा पहिले प्रहरी ठिक हुनुपर्ने बताएका छन्। जनताले चाहे बमोजिम सेवा प्रवाह गर्नका लागि सबैभन्दा पहिले पुलिस ठिक हुनुपर्ने एसपी राणाले बताएका हन्। एक साताअघि कैलाली सरुवा भएर आएका एसपी राणाले मंगलबार पत्रकारसँगको भेटघाटमा भने, ‘पुलिसले पुलिसकै काम गरोस् भन्ने जनताले चाहेका हुन्छन्। पहिला हामी सुध्रिन्छौ। त्यसपछि बल्ल सेवा प्रभाव गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौं।’ यस्तै उनले सुदूरपश्चिममा प्रहरीभित्र समस्या रहेको बताउँदै कैलालीमा मात्र नभएर अन्य जिल्लामा पनि सो समस्या समाधान गर्नुपर्ने जनाए। त्यसमा प्रहरीको आचरण व्यवहार सुधार्न लागेको उनको दाबी छ। त्यसका लागि…
धनगढी: रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सुदूरपश्चिम प्रदेश संसदीय दलले मन्त्री चयनबारे निर्णय गर्ने अधिकार प्रदेश संसदीय दललाई प्रत्योजन गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि मन्त्रीको नाम टुंग्याउने अधिकार प्रदेश संसदीय दललाई दिनुपर्ने माग गर्दै केन्द्रीय समितिमा प्रस्ताव पठाउने निर्णय गरेको हो। संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीको भागमा परेको मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्नेबारे सुझावसमेत संकलन भइरहेको जानकारी दिए। उनका अनुसार, एक साताभित्र केन्द्रीय समितिले अधिकार प्रत्योजन नगरेमा प्रदेश संसदीय दल आफैंले निर्णय गर्नेछ। नाउपाबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका…
धनगढी: डोटीको दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा एक १० वर्षीय बालक बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार रमेश बि.क.का छोरा अमित बिक मंगलबार दिउँसो करिब १:४० बजे झोलुङ्गे पुल नजिक सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। घटनापछि प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको नेतृत्वमा सातजनाको टोली खटिएको र बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
धनगढी: रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका – ९ का अर्जुनदत्त भट्टको मृत्यु भएको छ। डेढ वर्ष अघि रुसी सेनामा भर्ती हुन गएका उनको लडाइकै क्रममा मृत्यु भएको हो। उनी नेपाली सेनाबाट अवकाश पाएपछि डेढ वर्ष अघि रुस गएको उनको पारिवारिक श्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले पनि पछिल्लो पटक भट्ट सहित २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। जसमा सुदूरपश्चिमबाट बैतडीका अर्जुनदत्त भट्ट, दार्चुलाका ललितसिंह डोबल सहित नवलपरासीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन रहेका छन्। यस्तै मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्युठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर…
काठमाडौं: नेपाल प्रहरीले आर्थिक मामिलासँग सम्बन्धित अपराधको अनुसन्धान गर्न ‘आर्थिक अपराध अनुसन्धान महाशाखा’ स्थापना गरेको छ। पछिल्लो समय विवादास्पद कारोबार, गैरकानूनी आर्थिक गतिविधि र आर्थिक अपराधका घटना बढ्दै गएपछि उक्त महाशाखा स्थापना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए। हाललाई यो महाशाखा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत राखिएको छ। दरबन्दी र बजेट अझै अर्थ मन्त्रालयबाट स्वीकृत नभएकाले महाशाखा सीआईबी मातहत सञ्चालनमा आएको हो। प्रवक्ता थापाका अनुसार बजेट र दरबन्दी स्वीकृत भएसँगै असारभित्रै महाशाखाको छुट्टै कार्यालय सञ्चालनमा ल्याइनेछ। महाशाखाको नेतृत्व एसएसपी होविन्द्र बोगटीले गरेका छन्। सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार महाशाखाले हालैदेखि आफ्नो कार्यक्षेत्र अनुसारको अनुसन्धान गरिरहेको छ।…
धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) नहुँदा सुरक्षा चुनौती बढेको छ। बिओपी नहुँदा सीमामा असुरक्षित महशुस गरेको स्थानीय सिद्धराज ओझाले बताए। नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी हुने र लागु औषधको ओसार पसार वृद्धि भइरहेको स्थानीयको गुनासो छ। सीमापारीबाट आउने आपराधिक समूहले गोठमा बाँधेका गाई र भैँसी रातीको समयमा चोरेर लैजाने गरेको स्थानीयले बताए। ‘हामी सीमामा सचेत भएर बसेका छौँ’, ओझाले भने। उनले बिओपी स्थापनाका लागि बाटोसहित दश कठ्ठा जग्गा दान गर्नुभएको थियो। ‘सीमामा असुरक्षाको महशुस गरेर नै ‘बिओपी’ स्थापनाको आशा राखेर जग्गा दान गरेका थियौँ,’ उनले भने, ‘जग्गामा बिओपी…
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। शनिबार दिउँसो १ बजे वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश घर भई हाल धनगढी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बाेलाएकाे छ। रेशमलाल चौधरी संरक्षक रहेको नाउपाको प्रदेश संसदीय दलको कार्यालयमा दलकाे बैठक जारी छ। दलका नेता घनश्याम चौधरीले रिक्त रहेकाे प्रदेशकाे उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्नेबारे छलफल र निर्णय गर्न बैठक बाेलाइएकाे जानकारी दिए। उनकाअनुसार बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ। तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेन सम्बन्धि विवादास्पद अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए। १६ चैतमा चाैधरीले पदबाट राजीनामा दिएपछि अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैंसँग राखेका छन्। नाउपाले सर्वसम्मत रूपमा सरकारमा कसलाई पठाउने भन्नेबारे…
धनगढी: धनगढीका एक युवकको भारतमा स्कुटर दुर्घटना हुँदा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको भारतको पलिया जाँदै गर्दा स्कुटर दुर्घटनामा मृत्यु भएको हो। भारतको लखिमपुर जिल्लाको दुधुवा नेश्नल पार्क सडक खण्डमा स्कुटर अनियन्त्रित भएर दुघटना भएको प्रहरीले बताएको छ। उनको साथमा रहेका एक युवक घाइते भएका छन्। उनको घनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।