धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बाेलाएकाे छ।
रेशमलाल चौधरी संरक्षक रहेको नाउपाको प्रदेश संसदीय दलको कार्यालयमा दलकाे बैठक जारी छ।
दलका नेता घनश्याम चौधरीले रिक्त रहेकाे प्रदेशकाे उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्नेबारे छलफल र निर्णय गर्न बैठक बाेलाइएकाे जानकारी दिए।
उनकाअनुसार बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ।
तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेन सम्बन्धि विवादास्पद अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए।
१६ चैतमा चाैधरीले पदबाट राजीनामा दिएपछि अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैंसँग राखेका छन्।
नाउपाले सर्वसम्मत रूपमा सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय लिइने जनाएको छ। नाउपाकाे सिफारिसका आधारमा मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्नेछन्।