धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
शनिबार दिउँसो १ बजे वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश घर भई हाल धनगढी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box