Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसएसपीहरुको सरुवाको तयारी थालिएको छ। केही समय अगाडिमात्रै प्रदेश कार्यालयका हाकिम तथा डिआईजीहरुको सरुवा गरिएको थियो। अब डिआईजीपछि एसएसपीहरुको सरुवाको पालो आएको बताइएको छ। विभागका चिफ हुतराज थापाको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सरुवा गर्ने छन्। विशेष: अब हुने सरुवाका लागि एसएसपीहरुले दौडधुप बढाएका छन्। गुप्तचरका लागि दिल्लीस्थित नेपाली राजदूतावास राम्रो आम्दानी हुने ठाउँ हो। सो स्थानमा जान अहिले थुप्रै एसएसपी धाइरहेका छन्। त्यहाँ जान एसएसपी विकास पाण्डे, पप्पु शर्मा पौडेल, भूमी पाठक लगायतले खोजेका छन्। अहिले नयाँ दिल्लीमा एसएसपी राजन उप्रेती कार्यरत छन्। विदेशको एकमात्र पोष्टिङ र डलरमा तलब…

Read More

धनगढी: राना थारु समुदायको विरोधका बीच मंगलबार सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले आजको प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए। विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशीताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरे। माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरीले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ती जनाएका थिए। ‘निजामती सेवामा राना थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ,’ ओलीले भने। यस्तै चौधरीले राना थारु समुदायको जनसंख्याको…

Read More

धनगढीः पानीमा डुबेर कैलालीकी एक बालिकाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–१० आमखोईया बस्ने ८ वर्षया कल्पना रोकायको सोमवार मृत्यु भएको हो। घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन्। खोजतलास गर्दा सोमवार साँझ नै सोही खोलामा मृत अवस्थामा उनी फेला परेकी प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनगढीमा किशोरी मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। आइतबार धनगढी उपमहानगरपालिका–१ को चकमेली चोकस्थित डेरामा ती किशोरी मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार मृत फेला परेकी किशोरी बेलौरीकी आस्था थापा हुन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिसटेन्ट –एचए) पढिरहेकी थापा दिउँसो १ बजेतिर मृत भेटिएकी थिइन्। प्रहरी स्रोतका अनुसार थापासँगै बस्ने कञ्चनपुरकै अर्की युवती भने अघिल्लो दिन साथीको घर गएकी थिइन्। आइतबार दिउँसो उनी कोठामा पुग्दा भित्रबाट ढोका बन्द गरिएको थियो। धेरैबेर बोलाउँदा ढोका नखुलेपछि घर धनी र त्यहाँ बस्ने अन्यले ढोकामा धक्का दिएपछि खुलेको थियो। उनीहरुले ढोका खोल्दा…

Read More

धनगढी: कैलालीको गेटा मेडिकल नजिकै म्याजिकसँग ठाेक्किएर भएकाे दुर्घटनामा माेटरसाईकल चालककाे मृत्यु भएकाे छ। कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-२ घर भएका ४१ वर्षीय शिवराम चाैधरीकाे उपचारका क्रममा धनगढीको एक अस्पतालमा मृत्युु भएकाे प्रहरीले जनाएको छ। उनले चलाएकाे से ६ प८४२३ नम्बरकाे माेटरसाईकल साेमबार साँझ गाेदावरी-१ का २७ वर्षीय प्रकाश बाेहराले चलाएको म १ ज १६१ भाडाकाे म्याजिकसँग ठाेक्किएकाे थियोे। माेटरसाईकल पछाडि सवार  धनगढी उपमहानगरपालिका -३ बस्ने ३४ वर्षीय रामप्रसाद चाैधरीकाे सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ। म्याजिकमा सवार कञ्चनपुरकाे पुनर्वास नगरपालिका-६ बस्ने ९ वर्षीया अविशा श्रेष्ठ र  ५ वर्षीय आयान श्रेष्ठ सामान्य घाइते भएका छन्। उनीहरूकाे माया मेट्राे अस्पतालमा उपचार जारी छ।

Read More

धनगढी: कैलालीकाे धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने ५८ वर्षीय सुखदेव रानालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार रानाले बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्व्यवहार गरेको बताए। उक्त व्यहोरापछि बालिकाको परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिननै रानालाई पक्राउ गरिएको कार्कीले बताए।

Read More

काठमाडौं: काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको बुद्ध एअरको विमान डाइभर्ट भएको छ। आजबिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान काठमाडौं फर्केको बताइएको छ। ६२ जना यात्रु बोकेको उक्त विमान बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। सो विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ।

Read More

धनगढीः धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको अटो मोटिभ्सको गोदाममा गएराति १०ः३० बजेको समयमा आगलागी भएको हो। उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिएर नियन्त्रणमा लिइएको थियो।

Read More

धनगढी : नेपालका परराष्ट्रमन्त्री आरजु राणाले आज साँझ नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्। भेटवार्तामा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा गहन कुराकानी भएको छ। परराष्ट्रमन्त्रीको यस भारत भ्रमणलाई नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ। मन्त्रीले आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेकी छन्।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिका २ स्थित तेघरीबाट २२ वर्षीय हरी महरा लागू औषधसहित पक्राउ परेका छन्। आज बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान टोलीले महरालाई सडकमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। प्रारम्भिक शंका लागेपछि प्रहरीले महराको खानतलासी गर्दा उनको साथमा १२० मिलिग्राम हेरोइन फेला परेको बताइएको छ। पक्राउपछि महरालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

Read More