Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन्। उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन्। शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फकर्नेछन्।

Read More

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बेतकोट नगरपालिका-६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेका छन्। शनिबार राति भीमदत्त नगरपालिका-११ होल्डिङ सेन्टर नजिकबाट १ ग्राम ८३ मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१० सिसैया का २३ वर्षीय आकाश ठगुन्नालाई समेत प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ। बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो। आगो तत्काल निभाइएको थियो। एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थल स्रोतले बताएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Read More

महेन्द्रनगर : राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए। “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ”, उनले भने, “अबको दुई/तीन महिनामा काम पूरा हुन्छ।” आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब रु दुई अर्बको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ। “कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्”, उनले भने, “त्यसका लागि…

Read More

झापा : गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ। उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन्। दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो। सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन्। घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन्। यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो। ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ। तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए। सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स…

Read More

काठमाडौं : स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

दोलखा :  सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर दोलखाको तामाकोसी गाउँपालिका– २ झुलेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ। ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए। उनको उपचारका क्रममा पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा आइतबार मृत्यु भएको हो। उनीसँगै शनिबार साँझ सिकार खेल्न गएका ६ जनालाई प्रहरीले भरूवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ। आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन्। त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ। २०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए। अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किँदै छन्। दुवईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप–२८) मा सहभागी भइ प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किन लागेका हुन्। शनिबार उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए।

Read More

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते र १८ गतेसार्वजनिक बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ। कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ।

Read More