काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मोरङ पुगेर सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका छन्। नगरपालिकाको हरैचा चोकमा निर्माण गरेको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री आज बिहान मोरङ पुगेका हुन्। नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ। प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरको भवन पनि शिलान्यास गरेका छन्। उनी आजै पाँचथर र ताप्लेजुङ पनि जाने कार्यक्रम छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएकाे छ। आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाकाे ९९ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो । आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३…
काठमाडौँ – शुक्रबारचिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । तीनदिने नेपाल भ्रमणको सिलसिलामा चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण आउने भएका हुन् । कार्यक्रमअनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौँ आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ। नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दैछन्। नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम समेत तय गरिएको छ।
विराटनगर-एक प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको झडपपछि प्रहरीले आज बिहानदेखि सर्च अपरेसन सुरु गरेको छ। आइतबार भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएको थियो।झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ। प्रहरीले आइतबारको घटनामा संलग्न रहेको आशंकामा सोमबार बिहान खेरूवाबाट ५ जनालाई नियन्त्रणमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। उक्त घटनामा मोरङ प्रहरी उपरीक्षकसहित २ दर्जन बढी घाइते भएका थिए । तीमध्ये केही सामान्य र केही गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। घाइतेहरूको मोरङका विभिन्न अस्पतालमा…
मोरङ – मोरङको लेटाङमा हाेलीकाे दिन आफैले पढाउने छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेकाे भन्दै लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास मावि आइतबार दिनभर तनावग्रस्त हुँदा एक महिला प्रहरीको ज्यान गएको छ। उक्त विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्राले सोही विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलद्वारा आफुमाथि दुर्व्यवहार भएको प्रधानाध्यापक समक्ष जानकारी गराएपछि आराेपित शिक्षकसंग विद्यालय भित्र नै प्रधानाध्यापकले सोधपुछ गरिरहेका थिए।त्यही बेला आक्राेशित स्थानीयहरूकाे समुहले शिक्षकलाई कुटपिट गर्न खाेजेकाे र विद्यालयकाे चमेना गृह, शिक्षकहरुका माेटरसाइकल लगाएत भौतिक सामाग्रीमा आगजनी गर्न थाले पछि घटनाले चरम उग्ररुप लिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताएका छन। आफ्नै…
कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नाच्दै मयुर। विश्वमै ठूलो झुण्डमा बाह्रसिंगा देख्न पाइने शुक्लाफाँटामा चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत रहेका छन्।रासस
काठमाडौं -एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ। अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए। थाइल्याण्ड जाने टोलीको हिजो एन्फाले बिदाइ गरेको छ। नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रिपूर्ण खेल्दैछ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए। इन्डोनेसिया र जोर्डन…
कैलाली- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय आकाश विक पक्राउ परेका प्रहरीले बताएको छ। उनलाई ५२० मिलिग्राम लागुऔषध खैरो हिरोइन र २७ हजार २ सय ४० रुपैयाँसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
अछाम-अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छन्।मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन्। आफ्नो बारीमा भैँसीले घाँस खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ। हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृता पक्राउ परेकी छन्।
लमजुङ-लमजुङका मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ। शनिवार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन्। हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिवार लागेको आगो झनझन बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठुलो भएकाले निभाउन सकिएको छैन। ’ मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो। वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार आगो नियन्त्रणका लागि पुगेका थिए। डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलो नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए।