विराटनगर-एक प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको झडपपछि प्रहरीले आज बिहानदेखि सर्च अपरेसन सुरु गरेको छ। आइतबार भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएको थियो।झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ।
प्रहरीले आइतबारको घटनामा संलग्न रहेको आशंकामा सोमबार बिहान खेरूवाबाट ५ जनालाई नियन्त्रणमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। उक्त घटनामा मोरङ प्रहरी उपरीक्षकसहित २ दर्जन बढी घाइते भएका थिए । तीमध्ये केही सामान्य र केही गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। घाइतेहरूको मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box