मोरङ – मोरङको लेटाङमा हाेलीकाे दिन आफैले पढाउने छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेकाे भन्दै लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास मावि आइतबार दिनभर तनावग्रस्त हुँदा एक महिला प्रहरीको ज्यान गएको छ।
उक्त विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्राले सोही विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलद्वारा आफुमाथि दुर्व्यवहार भएको प्रधानाध्यापक समक्ष जानकारी गराएपछि आराेपित शिक्षकसंग विद्यालय भित्र नै प्रधानाध्यापकले सोधपुछ गरिरहेका थिए।त्यही बेला आक्राेशित स्थानीयहरूकाे समुहले शिक्षकलाई कुटपिट गर्न खाेजेकाे र विद्यालयकाे चमेना गृह, शिक्षकहरुका माेटरसाइकल लगाएत भौतिक सामाग्रीमा आगजनी गर्न थाले पछि घटनाले चरम उग्ररुप लिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताएका छन।
आफ्नै सामाजिक बिषय पढाउने शिक्षकद्वारा छात्रा माथि दुर्व्यवहार भएको भन्ने विषयमा एककान दुइकान हुँदै विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा शान्ती सुरक्षा कायम गर्दागर्दै महिला प्रहरी जवान उर्मिला श्रेष्ठ माथि धारिलो हतियार प्रहार भएको थियो। घाइते श्रेष्ठलाई उपचारको लागि कोशी अस्पतालमा लिए लगत्तै अस्पतालले मृत घाेषणा गरिएको थियो भने झडपमा परि प्रहरी सहित स्थानीयबासी समेत घाइते भएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।
आराेपित शिक्षकलाई अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउनकाे लागि विद्यालय बाहिर निकाल्न साथ आक्राेशित स्थानीयहरुले शिक्षकलाई कुटपिट गर्न खाेजेकाे हुँदा यस्तो घटना घटेकाे र अहिले आरोपित शिक्षकलाई इलाका प्रहरी कार्यालय लेटाङकाे नियन्त्रणमा राखिएको प्रमुख प्रहरी उपरीक्षक जिसीले बताएका छन।