Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले गरीब (विपन्न) असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न १२ अस्पताललाई परिपत्र गरेको छ । पटक–पटक लिखित जानकारी गरिएको भए तापनि निःशुल्क उपचार सम्बन्धी प्रावधान कार्यान्वयन नभएको परिपत्रमा उल्लेख गरिएको छ । धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा निःशुल्क उपचारको प्रावधान लागू नगरिए प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिइएको छ । कूल शय्याको १०५ शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने कानूनी प्रावधान छ । उपमहानगरले माया मेट्रो अस्पताल प्रालि, निसर्ग अस्पताल प्रालि, नवजीवन अस्पताल प्रालि, केजी अस्पताल प्रालि, कैलाली अस्पताल प्रालि, सौभाग्य अस्पताल तथा रिसर्च सेन्टर प्रालि, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि, सीपी…

Read More

धनगढी: धनगढीमा प्रहरीले ९ जना जुवाडेलाई समातेको छ। आज (बुधबार) कैलाली प्रहरीको टोलीले धनगढी उप-महानगरपालिका १ स्थित साथीभाई होटलबाट उनीहरुलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले होटलमा जुवातास भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक गंगादत्त बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको जानकारी दिए। समातिएकामा एकजना पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) पनि रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेकै बेला केही समय अघिमात्र रिटायर भएका पूर्व इन्सपेक्टर प्रेमसिंह खड्का पनि जुवाखालबाट समातिएको खुलेको हो। ५२ वर्षीय खड्का धनगढी उपमहानगरपालिका वडानम्बर २ का बासिन्दा हुन्। यस्तै धनगढी उपमहानगरपालिका ५ बस्ने ४६ वर्षका पवन पन्त, सोही ठाउँका ४२…

Read More

डोटी : डोटीमा ट्याक्टर दुर्घटना भएको छ । मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिकाको गैरा स्थिति ट्याक्टर पल्टिँएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । विश्वभर फैलिएको कोरोना महामारीका कारण सन् २०२० को अक्टोबरमा एक हजार ८३१ पर्यटक नेपाल आएका थिए । २०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को अक्टोबरमा ५२ हजार १२१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक हेर्दा पर्यटक आगमनमा उत्साहजनक देखिएको…

Read More

सोलुखुम्बु : सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिक बाथरुममा मृत भेटिएका छन् । कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङ ल्हामु गाउँपालिका-४ स्थित गोक्यो रिसोर्टको बाथरुममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार रिसोर्टमा बास बसेका ग्याङ मंगलबार राति मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । ग्याङ गत असोज ३० गते सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आएको बताइएको छ ।

Read More

बैतडी : नेपाल बिद्युत प्राधिकरणलाई महसुल नबुझाउने पाटन नगरपालिका बैतडीको लाईन काटिएको छ । नेपाल बिद्युत प्राधिकरण विवरण केन्द्र पाटनले बिद्युत महसुल वापतको रकम नगरपालिका ४ महिना भन्दा बढी समयको भूक्तानी नगरेकाले मिटरको लाइन काटिएको जनाएको छ । प्राधिकरण विवरण केन्द्र पाटनले नगरपालिकाको एकिकृत हल, पालिकाबाट टाढा रहेको कृषि शाखा, प्रमुख प्रशासकिय अधिकृतसहितका कर्मचारी बस्ने निवासको लाईन काटेको जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले प्राविधिक तर्फको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि दुई जनाको सिफारिस गरेको छ । सशस्त्र प्रहरी कार्यालयका अनुसार प्राविधिक समूह स्वास्थ्यतर्फ एसएसपीका लागि डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठ र डा. महेन्द्रराज श्रेष्ठको बढुवाका लागि सिफारिस गरेको छ । त्यस्तै प्राविधिककै सञ्चार तथा इन्जिनिरिङतर्फको एसएसपीका लागि ई. नानीराम हुमागाईंको सिफारिस गरिएको छ । सो सिफारिसविरुद्ध चित्त नबुझे २१ गतेभित्र उजुरी दिन सकिने समेत सशस्त्रले जनाएको छ ।

Read More

काठमाडौं : भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले बुधबार बिहान काँग्रेस सभापति र एमाले अध्यक्षसँग भएको भेटमा संक्रमणकालीन न्याय कानुनमा चाँडो टुङ्गिने बताए । ‘काँग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौँ, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ यो विषय छिट्टै टुंगिन्छ, ’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए । ‘हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक-पटक भन्दै आएका छौँ । विधेयकमा पनि त्यही छ, ‘उनले भने, ‘मैले जहिल्यै पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु ।…

Read More

बैतडी : भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने समय फेरिएको छ। यसअघि साँझ सवा ७ बजे बन्द हुँदै आएको नाका आजदेखि साँझ सवा ६ बजे बन्द हुने भएको हो। केही महिना पहिला बसेको सीमा समन्वय समितिको बैठकले शीतकालिन समयमा साँझ सवा ६ बजे नाका बन्द गर्ने सहमति गरेकाले सोही अनुसार आजदेखि सो निर्णय कार्यान्वयनमा आएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । सीडीओ पन्थीका अनुसार नोभेम्बर १ तारिखदेखि फेब्रुअरी मसान्तसम्म झुलाघाट नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ६ बजे बन्द हुने छ। ग्रीष्मकालिन समयमा भने नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा…

Read More