Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गए राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्। मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो। घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ।

Read More

लुम्बिनी: रूपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति विसर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए ।  कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् । सो दुर्घटनामा परेर हराइरहेका २० वर्षीय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

Read More

काठमाडौं : एभरेस्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बीके) श्रेष्ठको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको निधन भएको हो । लामो समयदेखि बिमारी भएर उपचार गराइरहेका ९४ वर्षीय श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

Read More

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११:३० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनलको अपरेसन(बीआरएफ)मा सहभागी हुन चीन गएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।

Read More

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा २ बजे भारतको दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ । आजको खेलमा अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहँदा नेदरल्यान्ड्स दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ । जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्दैछन् । अहिलेसम्मका चार खेलमा अष्ट्रेलियाले दुईमा जित र दुईमा हार बेहोरेको छ भने नेदरल्यान्ड्सले तीनमा हार र एकमा जित निकालेको छ । यी दुई टोलीबीच हालसम्म सन् २००३ र २००७ मा एकदिवसीय खेल भएको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ । अस्ट्रेलियाले पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये ३ खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । यता नेदरल्याण्ड्सले पछिल्ला ५…

Read More

भोजपुर: सीप मानिसको जिउन सक्ने पहिलो आधार हो। सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ। आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ। तुलानात्मकरूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न सकिन्छ। खास गरेर युवावर्गलाई सवारी साधन चलाउन सिक्ने बढी चाहना हुन्छ तर भोजपुरवासीलाई सवारी साधन चलाउन सिक्न भने त्यति सहज छैन। उनीहरूलाई सवारी साधन चलाउने सीप आर्जन गर्न जिल्ला बाहिरका सहरमा जानुपर्ने बाध्यता छ । यसरी सीप लिनको लागि बाहिर जाँदा धेरै खर्च हुन्छ। भोजपुरवासीले भोगेको दुःखलाई ध्यानमा राखेर वैदेशिक…

Read More

बाँके : बडाको दसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । चाडबाडको अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए । “चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरुलाई आफन्तको कमी महसुस…

Read More

काठमाडौँ : भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल १४’को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल पनि छनोट हुन सफल भएकी छन्। सोमबार रातिको शृंखलामा राउन्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नामसमेत समावेश भएको छ। पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन्। उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन् ।

Read More

एजेन्सी : सार्वजनिकरूपमा दुई महिनादेखि नदेखिएका चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फुलाई बर्खास्त गरिएको छ।उनलाई के कारणले बर्खास्त गरिएको हो भन्नेबारे केही खुलाइएको छैन। दुई महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका लिको बर्खास्तीको समाचार चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका थिए गत जुलाई महिनामा पनि तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा परेका थिए । बर्खास्तीमा परेका दुवैजनाको स्टेट काउन्सिलको सदस्यता पनि खारेज गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लिमाथि भ्रस्टाचारको अभियोगमा अनुसन्धान भइरहेको थियो। उनी गत अगस्ट २९ तारिकदेखि सार्वजनिक रुपमा देखिएका थिएनन्।

Read More

काठमाडौं : सिरहाको लहान नगरपालिकाका–४ स्थित एक बोर्डिङ स्कुलले बन्धक बनाएका विद्यार्थीको प्रहरीले उद्धार गरेको छ। कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फि नबुझाएको भन्दै घरमा थुनेर राखेपछि प्रहरीले उद्धार गरेको हो। छोरालाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए। प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा समेत लिएको छ।

Read More