Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलामा हराएकी एक वृद्धाको शव भिरमा पाइएको छ। लेकम गाउँपालिका–१ बन्डोली बस्ने ८० वर्षिया कुष्मा बिष्ट सोही ठाउँस्थित नौलाबाटा भिर भन्ने स्थानबाट करिब २ सय मिटर तल मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। सोमबार दिउँसो घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बित्थड भरडकोट पोष्टबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ।

Read More

महेन्द्रनगर : तीस महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन। विसं २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेपछि स्थानीयस्तरमा विरोधका कार्यक्रम अघि बढ्न थालेका छन्। धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कञ्चनपुरको तीनवटा प्याकेजमध्ये हुलाकी सडकको दुईवटा खण्डको ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेको बताए। “पाँचौ पटक थपिएको म्याद गत असारमा सकिएपछि निर्माण कम्पनीलाई काम गर्ने समय थप गरिएको छैन,” उनले भने, “अहिले आएर बल्ल ठेकेदारहरुले काम गर्ने तयारी गरिरहेको देखिन्छ।” कञ्चनपुरमा डोकेबजारदेखि…

Read More

कञ्चनपुर: लागुऔषधसहित कञ्चनपुरबाट दुईजना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट २.७ ग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित कञ्चनपुरकै वेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्लीराज भाटलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीको भनाई छ। प्रहरीले उनीहरुले प्रयोग गरिरहेको एउटा स्कुटीसमेत नियन्त्रणमा लिएको जनाइएको छ।

Read More

कैलाली: भारतको कारगिलमा मजदुरी गरेर घर फर्किरहेका कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका छन्। उनले ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको बताए। कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उनले बताए । हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुगाएका थिए। मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा नहरबाट डुबेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–९ डाँडाकुन्डास्थित नहरमा डुबेर कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–७ का केशब बोहराका ७ वर्षीय छोरा एलेक्स बोहराको मुत्यु भएको हो । दसैँ विदामा मामा घरमा गएका एलेक्सको मंगलबार नहर नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

अछाम : अछाममा जुवाखालबाट ३६ हजारसहित ९ जना पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–३ कागतोलाका बलबहादुर शाहीको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने ३५ वर्षीय बिनोद शाहीसहित ९ जनालाई मंगलबार राति पक्राउ गरिएको हो। उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले नगद ३६ हजार १ सय र तास ४ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

डडेल्धुरा: जुवातास खेलिरहेको अवस्थामा प्रहरीले डडेल्धुराबाट ९ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका–२ भेलका चन्द्र भण्डारीको पुरानो कुखुरा फार्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय बिरेन्द्र खडायतसमेत ९ जनालाई मंगलबार राति पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई नगद १३ हजार रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो।

Read More

अछामः अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाकोे मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलका रबिन्द्र देउकरको श्रीमती ३५ वर्षीया सरस्वती देउकरको मंगलबार मृत्यु भएको हो। मंगलबार दिउँसो आफ्नो घर नजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा शरिर भरी एक्कासी अरिङ्गालले टोकेपछि उनी घाइते भएकी थिइन्। घाइते सरस्वतीको स्थानीय अस्पताल बयलपाटामा उपचारको क्रममा सोही साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित होटल सञ्चालक र दुईजना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका-२ बंक स्थित “होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज”का होटेल सञ्चालक ४८ वर्षीय पदमबहादुर कार्की मंगलबार साँझ पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कार्कीको आफ्नै घरमा सञ्चालनमा रहेको उक्त होटेलमा चेकजाँच गर्दा ९२.४२ ग्राम लागुपदार्थ चरेश फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस्तै भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट २.०७ ग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र सोही ठाउँका २४ वर्षीय दिल्ली राज भाटलाई पनि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

Read More

डोटी :;डोटीमा भालुको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्। जिल्लाको आदर्श गाउँपालिका–३ घट्टेखोलाकी २८ वर्षीया कमला आउजी भालुको आक्रमणबाट घाइते भएकी हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घाँस काट्न जङ्गलमा गएका बेला मङ्गलवार बेलुका ५ बजेतिर आउँजीलाई भालुले आक्रमण गरेको हो। आक्रमणबाट घाइते भएकी आउँजीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। उनलाई उपचारको लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा ल्याइएमा थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको अस्पताले जनाएको छम

Read More