Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका-८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी देवीमाथि कुटपिट गरी पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका थिए। ठाकुरले श्रीमतीमाथि पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको सूचना छिमेकीले प्रहरीलाई दिएका थिए।सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई उनको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो। ठाकुरको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद भएको डिएसपी अवाले बताए। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ।  प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो। आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ। बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुने गौतमले जानकारी दिए। उनका अनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ। दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ। टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ।

Read More

काठमाडाैं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ। आज हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स खेल्नेछन्। यो खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा शुरु हुनेछ। झापा पहिलो खेलमा स्पोटिङ इलामसँग पराजित भएको थियो। पोखराले पहिलो खेलमा चितवनलाई हराएको थियो भने दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै, आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको धनगढी र दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा नै हुनेछ। धनगढीले पहिलो खेलमा वीरगञ्जलाई र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो। त्यस्तै, ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो भने…

Read More

भजनी: कैलालीको टीकापुर नगरपालिका-६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ। जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्। राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन्। “जग्गा भएर पनि सुकुम्बासीजस्तो भएर बस्नुपरेको थियो। त्यस जग्गाबाट उत्पादन गर्नभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो। निसाद भन्छन्, “पहिले नै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयौँ काम गर्न सकिन्थ्यो होला। त्यो हुन सकेन। अब आशा जागेको छ। स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा…

Read More

गाजा- युद्धविराम अन्त्यपछि गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी १७८ जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण तीव्र पारेको थियो। इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धबिरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएको बीबीसीले जनाएको छ। इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ। गएको अक्टोबर ७ तारिखदेखि सुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो। युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए।

Read More

काठमाडौँ : दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो ।  बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ । गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व  स्पेक्ट्रलाइटलाई  बिक्री  गरेको  आजियटाले पनि पुष्टि गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आजियटाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री सम्बन्धी सम्झौता पूरा भएको र…

Read More

डोटी: जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। मङ्गलवार बिहान दिपायल सिलगढी नगरपालिका-५ पुन्ना स्थित सडक नालीमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या आशङ्कामा तीन जनालाई नियन्त्रण लिइएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार तीन जनालाई नियन्त्रणमा लिएर बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको छ।नियन्त्रणमा लिएकाहरूको प्रहरीले परिचय ने खुलाएको छैन। यता मृतकका आफन्तले शव बुझेका छैनन्। हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने मृतकका काका उमाकान्त भट्टले बताएका छन्। पोस्टमार्टम गरिएको भट्टको शव ५ दिनदेखि जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ। यो पनि: डोटीमा सडकको…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते आइतबार र १८गते सोमबारका सार्वजनिक बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका वडा नं ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ।  कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो ।  काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ ।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी, गण्डकी  र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Read More